sunwal

अहिलेको सरकार भ्रस्टाचारमा लिप्त छ ः राजु सि

251

टेक हरिजन
सरावल,बैशाख–५
नेपाल कम्युनिस्ट पार्टी विप्लव पश्चिम नवलपरासीले प्रतिगमन र भ्रस्टाचार बिरुद्ध आज परासी बुद्धचोकमा जनप्रदर्शन गरेको छ । विप्लव नवलपरासीका जिल्ला ईन्चार्ज राजु सिको नेतृत्वमा निस्केको र्यालिले सदरमुकाम परासी बजार परिक्रमा गरि बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला ईन्चार्ज राजु सिले अहिलेको सरकार भ्रस्टाचारमा लिप्त रहेको बताउनु भएको छ । देशको हरेक तह तप्कामा भ्रस्टाचारले जरो गाडी बसेको हुदा अहिलेको ब्यवस्था परिवर्तन गर्नु विकल्प नरहेको बताउनु भएको छ । देशका प्रमुख दलले नै पालैपालो सरकार परिवर्तन गर्ने, साना दल तथा नेता कार्यकर्ता, जनतालाइ भ्रस्टाचार गरेको आरोप लगाउनु भएको थियो ।
सोझा साझा जनताले बिना सहुलिएत शैक्षिक सस्था, स्वास्थ्य सस्था, अस्तपताल देखि लिएर सरकारले निःशुल्क गरेका विभिन्न क्षेत्रमा पनि कर तीर्ने गरेको र मोटो रकम तिर्न बाध्य रहेको हुदा यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने अन्यथा विप्लव समुहले कै कार्यवाही गर्न पछि नपर्ने चेतावनी दिनु भएको थियो।
कार्यक्रममा श्रमिक मोर्चाका केन्द्रीय सदस्य रामप्रीत सि, पार्टीका प्रदेश कमिटी सदस्य हरिकला सि, जिल्ला अध्यक्ष रबिन्द्र सि लगाएतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।