sunwal

बर्दघाट जेसीजद्धारा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन

375

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२
बर्दघाट जेसीजले नष बर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
बर्ष २०२५ का अध्यक्ष मोहन सापकोटाको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले समाज रुपान्त्रणका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भएको थियो । १८ देखि ४० बर्ष सम्मका युवाहरुलाई संगठीत गरी उनीहरुको नेतृत्व क्षमताको विकास गर्ने संस्था बर्दघाट जेसीजसाग सामाजिक कार्यमा नगरपालिका सहकार्य गर्न तयार रहेको औल्याउनु भयो ।
बर्दघाट जेसीजका महासचिव रबिन शर्मा चापागाईको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपाने,बर्दघाट जेसीजका संस्थापक अध्यक्ष राजु न्यौपाने,बर्दघाट उद्योग वाणीज्य संका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट खानेपानी संस्थाका अध्यक्ष दिपक लम्साल,दाउन्ने देवि मा.बि. ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्याल ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,जिमिरेभार बजार विकास समितिका अध्यक्ष्ँ नरेन्द्र बहादुर थापा लगाएतको उपस्थिीत रहेको थियो ।
कार्यक्रममा २०८२ सालको टेल क्यालेन्डर नगरप्रमुख लगाएत अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रमको समापन गर्दै बर्दघाट जेसीजका अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा संस्थाको भवन स्थापना गर्ने लक्ष्य लिएको बताउदै त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा लिएको धारण राख्नु भएको थियो ।