sunwal

बर्दघाट–१ मोतीबस्ती निवासी वेपत्ता भएका राजुराम पौडेलको घरमा वास बस्दै प्रचण्ड

1,068

कृष्ण ढकाल
बर्दघाट–बैशाख–२
जनतासँग माओवादी तराई मधेश जागरण अभियानमा आज नवलपरासि आउनु भएका प्रचण्ड बर्दघाट–१ मोतीबस्ती निवासी द्वन्द्वकालमा वेपत्ता भएका राजुराम पौडेलको घरमा वास बस्दै हुनुहुन्छ ।

२०५३ साल देखी तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर राजनीतिमा लाग्नु भएका राजुराम पौडेल २०५६ सालबाट पूर्णकालीन रुपमा जनमुक्ति सेनाको रुपमा कार्यरत भैरहदा द्वन्द्वकालमा नै राजुराम पौडेल वेपत्ता हुनु भएको थियो ।
२०५८ फागुन २५ गते तत्कालीन साहिनेपाली सेनाले कास्कीको पोखरा नदिपुरबाट उनलाई पक्राउ गरी बेपत्ता बनाएको थियो । पत्तत्ता पौडेको अन्तिम जानकारी २०५९ जेठ २ गते सेनाको ब्यारेकमा रहेको जनादेश पत्रिकाका पत्रकार राजु क्षेत्रीले आफूले भेटेको कुरा शान्ति प्रकृया पछि परिवारलाई जानकारी गराएको राजुरामका भाइ लेखनाथ पौडेलले बताउनु भएको छ । पत्रकार क्षेत्री स्वयम्  राज्य पक्षबाट थुनामा भएका कारण त्यस पछि पौडेलको अवस्थाका बारेमा जानकारी लिन नसकेको र पारिवारिक रुपमा आफूलाई त्यही जानकारी नै अन्तीम जानकारी भएको भाई लेखनाथको बनाई छ ।

Bardaghatnma parchanda
नेकपा माओवादी केन्द्रको बर्दघाट नगरकमिटि कार्यालयमा प्रचण्ड सहितको टोलि भेटघाटमा

आज राजुराम राज्य पक्षबाट बेपत्ता पारिएको  २३ वर्ष १ महिना ७ दिनका दिन सोही पार्टीका अध्यक्ष प्रचण्ड वेपत्ता पारीएका पौडेल परिवारको घरमा वास बस्न आउनु भएको छ । तत्कालीन जनयुद्धको नेतृत्व गरेका सुप्रिम कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घरमा आउने भएपछि छोरा बेपत्ताको पीडामा रहेकी आमा दुर्गादेवी पौडेल खुसी हुनुहुन्छ ।
देश परिवर्तनको लडाइँमा राज्यले बेपत्ता पारेको छोरो नफकिए पनि पार्टी अध्यक्ष प्रचण्डले आफ्नो परिवारको अवस्था बुझ्नेगरि बास बस्न आएकोमा खुसी खुशीहुदै पौडेलकी आमा भन्नुहुन्छ मेरो छोरा जस्ता हजारौँ छोरा छोरीलाई तत्कालीन राज्यले बेपत्ता बनाएको हो कयौँ छोरा छोरी शहीद भए उनीहरूको सपना अनुसार देश अगाडि बढाए हुने थियो । ”
२०३५ साल कार्तिक १४ गते साविक माकर गाविसको वडा नम्बर १ मोतीबस्तीमा पिता घनाथ पौडेल र माता दुर्गा देवी पौडेलको कोखबाट राजुरामको जन्म भएको हो । उहाँकी एक दिदी कोपिला पौडेल र भाइ लेखनाथ पौडेल हुनुहुन्छ ।