sunwal

पश्चिम नवलपरासी जिल्ला पूर्ण विधुतिकरण

604

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३०
पश्चिम नवलपरासी जिल्ला पूर्णरुपमा विधुतिकरण भएको छ । सुनवल नगरपालिका वडा नं. ११ को पहाडी क्ष्ँेत्र धुर्कोट,मिजादमार र ब्योरे गाउँमा विधुतिकरण गरेसंगै पश्चिम नवलपरासी जिल्ला पूर्णरुपमा विधुतिकरण भएको हो ।
सुनवल नगरको विटक स्थानमा बिजुली बत्ती पुगेसंगै स्थानियहरु निक्कै खुशि भएका छन भने सुनवल नगर प्रमुख बिमला अर्यालले बिजुली बत्ति पुगेसंगै अव स्थायिनहरुको दैनिक र आर्थिक जिवनमा परिर्वतन आउने गरी नगरले नयाँ योजना लिएर अघि बढ्ने बताउनु भएको छ ।

शनिवार सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र बर्दघाट शाखाका ई.प्रशान्तकुमार झाले विधुतिकरण भएको गाउँमा बिजुली बत्तीबाल्न शुभारम्भ गर्नु भएको थियो ।


धुर्कोट,मिजादमार र ब्योरे गाउँम ३० बढी घरपरिवार रहे पनि तिन गाउँमा अहिले २० वटा मात्र मिटरहरु जडान गरीएको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र बर्दघाट शाखाका ई.प्रशान्तकुमार झाले जानकारी दिनु भएको छ ।

सुनवल नगरपालिकाको भुमहि बजार देखि १७ किलो मिटर उत्तरमा रहेका पहाडी गाउँ धुर्कोट,मिजादमार र ब्योरे गाउँमा बिजुली बत्ति पुर्याउनका लागि विनय त्रिवेणी गाउँपालिकाको लाले भन्ने स्थानवाट बिजुलि तानेर लगीएको ई. झाले बताउनु भएको छ ।
कुल ३ करोड ३२ लाख लागत खर्चमा नेपाल बिधुत प्राधिकरण वितरणले आफ्नो सामाजिक उत्तर दाहित्व वहनगर्दै दुर्गम वस्तीहरुमा विधुतिकरण गरेर नागरीक प्रति आफुपनि जिम्मेवार बनेको झाको भनाई छ ।
सुनवलका ति तिन वस्तीहरुमा बिजुली बाल्न ३ वटा ट्रान्सफर्म जडान गरीएको झाले बताउनु भएको छ ।