sunwal

सुसुकी कन्सल्टेन्सी बर्दघाटबाट १ सय २५ जना बिद्यार्थीहरु जापान जादै

881

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२९
पश्चिम नवलपरासीको सुसुकी कन्सल्टेन्सी बर्दघाटले आफ्नो संस्थामा भाषा अध्ययन गरेर जापान जान लागेका १ सय २५ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सुसुकी कन्सल्टेन्सीका संचालक राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संचालक राजेन्द्र श्रेष्ठले विदेश यात्रा अवसर र चुनौती दुवै हुने भएकाले सफलता प्राप्त गर्न मेहनत र लगनशील हुन जरुरी रहेको बताउनु भएको थियो ।
विदेशमा अध्ययन गर्दा भाषागत कठिनाइ, कामको व्यस्तता , आत्मविश्वास र धैर्यलाई आत्मसाथ गरेर अघिबढ्न सके भविश्य सुन्दर हुने भएकाले सबै विद्यार्थीहरुले घरपरिवारको सपना समेत हेक्का गर्दै अघि बढ्न आग्रह गर्नु भएको थियो । त्यसैगरी विद्यार्थीहरूले समय र स्रोतको उचित उपयोग गर्दै नेपाल फर्केपछि सिकेका ज्ञान र सीपलाई देशको विकासमा लगाउन आग्रह समेत गर्नु भएको थियो ।
नवलपरासीको सबै भन्दा पुरानो संस्था सुसुकी कन्सल्टेन्सी बर्दघाटमा ६ महिनाको अध्ययन पछि सतप्रतिशत नाम निकाल्न सफल १ सय २५ जना बिद्यार्थीहरु जापानका बिभिन्न ३३ वटा भाषा विद्यालयहरुमा अध्ययनका लागि जाने भएका छन ।
सन २०२५ को अप्रिल सेसनका लागि सुसुकी कन्सल्टेन्सी बर्दघाटबाट १ सय २५ जना ले नाम निकाल्न सफल भएका थिए । यसरी नाम निकाल्नेहरुमा परासी,सुनवल,सुस्ता प्रतापपुर,बर्दघाट,सरावल लगाएतका स्थानका युवा युवतीहरु रहेको सुसुकी कन्सल्टेन्सीका संचालक राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
१ देखि २ बर्ष सम्म भाषा विद्यालयमा अध्ययन गरेसंगै त्यहीको यूनिभर्सीटीमा ४ बर्ष पढदै गर्दा त्यहाको कानुन अनुसार पढाईसंगै हप्तामा २८ घण्टा काम गर्न पाईने हुन्छ । ४ बर्ष पुगेसंगै पुरा काम गर्न पाईने भएकाले समयमा नै आफ्नो जिन्दगीको सेक्यूएर गर्न नेपाली युवाहरु पढाई र पैसा रोज्दै जापान जानेगरेका छन ।