sunwal

बर्दघाट साहित्य समाजको अध्यक्षमा विश्वराज भट्टराई

395

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट साहित्य समाजको तेस्रो अधिवेशन तथा कविता लेखन प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगर उपप्रमुख रुद्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नपर प्रमुख उपाध्यायले बैचारीक,बौद्धिक ,साहित्यीक ,कलात्मक ,ब्याङयात्कम लगाएतका लेख रचनाहरुले समाज परिर्तनका लागि सहयोग पुग्ने भएकाले सोही अनुसार अघिबढ्न समाजका सबै सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा भैरहवा निवासी साहित्यकार रुद्र ज्ञवालीले सृजनात्मक लेखन कलाका वारेमा जानकारी गराउदै गद्य र पद्य कविताका वारेमा प्रशिक्षण गर्नु भएको थियो । साहित्यकार ज्ञवालीले छन्द र लयमा लेखीएका सबै रचनाहरुलाई कविता भन्न सकिने जानकारी गराउनु भएको थियो ।

साहित्यकार रुद्र ज्ञवालीको सृजनात्मक लेखन कलाको प्रशिक्षण पश्चात भएको बर्दघाट साहित्य समाजको तेस्रो अधिवेशनले विश्वराज भट्टराईको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्वत रुपमा निर्वाचीत भएको निर्वाचन मण्डलका संयोजक दिनानाथ पौडेलले जानकारी गराउनु भएको छ ।
समाजको उपाध्यक्षमा मुक्तिनाथ तिवारी रहनु भएको छ भने सचिवमा नवराज घिमिरे, र सह सचिवमा लक्ष्मी बर्ताैला रहनु भएको छ । त्यसैगरी कोषाध्यक्षमा दुर्गा प्रसादपंगेनी र सदस्यहरुमा शेषकान्त पौडेल,दुर्गा भुषाल,विनोद चौधरी,कमला बस्याल ,गोमा धिमिरे र लिलाराम अधिकारी रहनु भएको निर्वाचन मण्डलका संयोजक कुस्माकर ढकालले जानकारी गराउनु भयो ।