sunwal

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

489

कृष्ण ढकाल
बर्दघाट,चैत्र–११

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन हुनु भएको छ । विराटनगरमा जारी १० औं महाधिवेशनमा अध्यक्ष पदको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
राईले महाधिवेशनमा निर्वाचन माग गर्नु भएको थियो , तर नेतृत्वले निर्वाचन भन्दा सर्ब सममवतवाट नै अघिबढ्न खवाव दिएपछि राईको अध्यक्षको उमेदवारीको दाबी फिर्ता भएको थियो ।
त्यसैगरी केन्द्रीय कमिटीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन हुनु भएको छ भने महासचिवमा हिरामान लामा नै दोहोरिनु भएको छ । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।