नवलपरासी,चैत्र ८
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिले जनसम्बन्ध विस्तार अभियानकाे अभियानको तयारीमा लागेको छ । पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई सुदृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर जान लागेकाे पालिका संयोजक सोम बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
पार्टीको पालिका समितिको शुक्रवार सम्पन्न भेलाले संर्घष सहितको योजना तय गर्दै अभियानमा आधारभुत वर्ग मजदुर, किसान, दलित, महिला र उत्पीडित समुदायको माग सम्बोधन गर्न दबाब सिर्जना गर्ने तयारी भएकाे बताइएकाे छ ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जन सङ्गठन विस्तार गर्ने निर्णय भएको उहाँको भनाई छ ।
अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको बिश्वकर्माले बताउनु बताउनु भयाे ।
बैठकले सुस्ता गाउँ संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । कार्यक्रम गोबिन्द बहादुर साठीघरेको अध्यक्षतामा भएको थियो ।
