कृष्ण ढकाल
बर्दघाट,चैत्र–३
समुदायमा लुकेर बसेका सबै क्षयरोगका बिरामी पत्ता लगाई रोग निको हुने दर शत प्रतिशत पु¥याउने लक्षय लिएर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यहि चैत्र ६ गते देखि २४ गते सम्म समुदाय स्तरमा क्षयरोग खोजपड्ताल अभियान सञ्चालन गर्ने पूर्ण तयारी गरेको छ ।
बर्दघाट नगरको समुदाय स्तरमा क्षयरोग खोजपड्ताल अभियानको शुरु गर्नुपूर्व आज नगरका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई अभियानका वारेमा पूर्ण प्रशिक्षीत गर्ने कार्य सम्पन्न गरि सकेको छ ।
बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा समुदाय स्तरमा क्षयरोग खोजपड्ताल,परिक्षण र उपचार सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरी अभियानका बारेमा पूर्ण जानकारी सहित कार्यतालीका बनाएर आवश्यक सहयोग र साम्रागीहरु समेत दिएर पठाईएको बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।
समुदाय स्तरमा क्षयरोग खोजपड्ताल,परिक्षण र उपचार सम्वन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले शंकास्मत ब्यक्तिको खकार नमुना शंकलन गर्न घरदैलोमा जाँदा उस्को गोपनियताका वारेमा समेत ध्यान दिनुपर्ने बताउनु भएको थियो । त्यसैगरी नगरले १७ वटा स्वास्थ्य संस्थाहरुवाट प्रदान गरेका सेवा सुविधाहरुका वारेमा समेत नगरवासीलाई सहज रुपमा जानकारी गराउन आग्रह गर्नु भएको थियो भने सबैलाई समुदाय स्तरमा क्षयरोग खोजपड्ताल,परिक्षण र उपचार सम्वन्धि जागरण पनि गराउदै जान निर्देशन दिनु भएको थियो ।
समुदायलाई सामाजिक दायित्वबोध गराउदै क्षयरोग पहिचान तथा उपचार कार्यमा नगरका ४४ जना महिला स्वास्थ्य स्वयम सेवीका र १६ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु खटिएका छन भने त्यसको सहजीकरणका लागि बर्दघाट नगर स्वास्थ्य शाखाका सम्पूर्ण टिमले पूर्ण रुपमा योजना बनाउने र कार्यसम्पादन तथा ब्यवस्थापनमा खटिएको जनस्वास्थ्य निरिक्षक रिकमान श्रेष्ठले जानकारी गराउनु भएको छ ।