sunwal

दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता शुरु

458

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२
दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिता आज देखि पश्चिम नवलपरासीको बर्दघाट–१६,सूर्यनगर रंगशालामा शुरु भएको छ ।

आज पहिलो दिन राईजिङ स्टार,पश्चिम नवलपरासी र फर्साटिकर ,रुपन्देहीका विच भएको खेल बराबरीमा टुङगीएको छ । पहिलो हाफमा दुै टिमवाट कुनै पनि गोल हुन सकेन भने दोस्रो हाफको केहि समयमा फर्साटिकर ,रुपन्देहीले एक गोल गरी खाता खोल्न सफल भएकोे थियो । फर्साटिकरले गोल गरेसंगै तातिएको राईजिङ स्टार,पश्चिम नवलपरासीले दोस्रो हाफको अन्तीम ४ मिनेट समय रहदा एक गोल गरेपछि खेल बरावरीमा टुङगीएको हो ।

लुम्बिनी प्रदेश फुटबल संघको आयोजना ,अखिल नेपाल फुवटल संघ संरक्षक ,बर्दघाट नगरपालिका र प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवद्र्धक रहेको प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ टिमको सहभागिता रहेको आयोजक संस्थाका महासचिव भिमकाजी गुरुङले जानकारी गराउनु भएको छ ।

चैत्र ८ गते सम्म सन्चालन हुने प्रदेश लिग फुटबल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २२ हजार २ सय २२ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित सिल प्राप्त गर्ने लुम्बिनी प्रदेश फुटवल संघका अध्यक्ष अजीतराज भण्डारीले बताउनु भएको छ ।

प्रतियोगितामा धम्बोजी क्लव बाके,राईजिङ स्टार सामुदायिक प्रतिष्ठान नवलपरासी,फर्साटिकर युवा क्लव रुपन्देही,न्यु स्टार फुटवल एकेडेमी दाङ,जनजागृती युवा क्लव बर्दिया,न्यु युथ युनियन क्लव पाल्पा,गोल्डेन स्टार युवा क्लव कपिलबस्तु गरि साटवटा जिल्लाका ७ टिमको मात्र सहभागिता रहेको लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष होम क्षेत्रीले बताउनु भएको छ ।

लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजीतराज भण्डारीको अध्यक्ष र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु गरीएको उक्त प्रतियोगिताको समुदघाटन कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिका खेलक्षेत्रको बिकास गर्न लागिपरेको बताउनु भएको थियो । बर्दघाट नगरका खेलाडीले क्रिकेट र फुटबल खेलमा विश्वसामु नेपालको नाम राख्न सफल रहेको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दिर्घबहादुर के.सी. (कुमार) लगाएतको उपस्थिती रहेको थियो ।