कृष्ण ढकाल
बर्दघाट,चैत्र–१
बर्दघाट जेसिज बर्ष २०२५ ले होली पर्वका अवसरमा अशक्क्त तथा एकल आमाको घर रंग रोगन गरेको छ । बर्दघाट–४,बाढीपिडीत निवासी ६८ बर्षीय असाहय चन्द्रकला घर्तिका श्रीमानको विगत दुइबर्ष पहिला मृत्यु भएपछि एक्लै वस्दै आउनु भएकी असाहय महिलाको घर र चर्पीमा रंग रोगन गरी बर्दघाट जेसिज बर्ष २०२५ को टिमले यस वर्षको होली पर्व मनाएको छ ।

मानवताको सेवा नै जिवनको सर्बाेत्तम कार्यहो भन्ने मुल मन्त्रका साथ अघि बढेको बर्दघाट जेसिजले बिभिन्न खालका सामाजिक कार्यगर्दै अघिबढी रहेका जेसीज अध्यक्ष मोहन सापकोटाले बताउनु भएको छ।
असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने होली पर्वमा दिन दुःखी र असाहयहरुको सहयोग गर्न पाउँदा होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाए झै बर्दघाट जेसीजका सबै सदस्यहरुलाई आज खुशी बनाएको अध्यक्ष सापकोटाको भनाई छ ।
बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको हातबाट रंग लगाउन शुरुगरीएको उक्त कार्यमा बर्दघाट जेसीजको टिमलाई सघाउन सामाजिक युवा ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

चन्द्रकला घर्तिको घरमा लागाउने रंगको सहयोग भने युवा समाज सेवी तथा ब्यवसायी दिनेश न्यौपोनले गर्नु भएको थियो । उहाँले गत वर्ष पनि होलीकै दिन आफुनै गएर एक बृद्धआमाको घर रंगाउन सहयोग गर्नु भएको थियो ।