sunwal

स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगम बढ्यो ,दिब्य ज्योतीमा ?

498

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
पश्चिम नवलपरासीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि मंगलवार मनोनयन दर्ता भएको छ ।
दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट,त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुर र पाल्ही बहुमुखी क्याम्पस रामग्राममा स्ववियु निर्वाचनका लागि मंगलवार मनोनयन दर्ता गरिएको छ।
दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाटमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयु,अखिल क्रान्तीकारी बहुमत र नागरीक उन्मुक्ति पानी निकट विद्यार्थी संगठन संग सहार्य गरेर संयुक्त प्यानलबाट सभापती पदमा अनेरास्ववीयुका सन्दिप देवकोटालाई अगाडी बढाएका छन। त्यसैगरी देवकोटा प्यानलबाट सचिवमा दुर्गाप्रसाद सुवेदी र कोषाध्यक्षमा प्रदिप तिवारी सहित ११ सदस्य समितिका लागि प्रत्यक्ष निर्वाचनमा उमेदवारी परेको निर्वाचन अधिकृत दिपकबहादुर खड्काले जानकारी दिनु भएको छ । अनेरास्ववीयुका सन्दिप देवकोटा प्यानलबाट आठ जना समानुपातीक उमेदवारको समेत मनोनय दर्ता भएको छ ।
त्यस्तै नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले एकल रुपमा शसि बिक सभापति रहनेगरी उम्मेद्धवारी दर्ता गराएको छ । वि.क.को प्यालवाट प्रसान्त भुर्तेल सचिव र निशा शर्मा कोषाध्यक्ष रहेको ११ सदस्य समितिले उमेदवारी दर्ता गराएको छ भने समानुपातिकमा पुरै आड जनाको उमेदवारी परेको छ ।
विभिन्न दल निकट विद्यार्थी संगठनको तर्फवाट ३ जनाको सभापति पदमा मनोनयन दर्ता भैरहदा विश्वनाथ भण्डारीले स्वतन्त्र रुपमा सभापतीमा उम्मेद्धवारी दर्ता गरी ४ जनाको सभापति पदका लागि मनोनयन भएको क्याम्पसका प्राचार्य एवं निर्वाचन प्रमुख दीपकबहादुर खड्काले बताउनु भयो ।

यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी सहित माओवादी सम्वद्ध दलहरु निकट विद्यार्थी संगठनबाट अखिल क्रान्तीकारीका शिसिर पाण्डेले सभापतीमा मनोनयन दर्ता गराएका छन । दिव्यज्योती बहुमुखी क्याम्पसमा १ हजार ३ सय ८७ विद्यार्थी मतदाता रहेका छन ।

उता आगामी चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावका लागि त्रिभुवन क्याम्पस बेलाटारीमा पनि चार जनाको सभापतीमा उम्मेद्धवारी परेको छ।जसमा अनेरास्ववियुबाट आशिस कुमार गुप्ता तेली, नेविसंघबाट आदित्य गडेरी पाल, हृदयस त्रिपाठी निकट विद्यार्थी समुह र अखिल क्रान्तीकारीको संयुक्त प्यानलबाट राजा गोसाई र विद्यार्थी जनमत संघबाट रामकृपाल गुप्ताले सभापतीमा मनोनयन दर्ता गराएको क्याम्पसका निर्वाचन संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्रिभुवन क्याम्पसमा ४ सय ८ जना मतदाता छन्।
त्यस्तै रामग्रामको पाल्ही बहुमुखी क्याम्पसमा पनि सभापतीमा चार जनाको उम्मेद्धवारी परेको छ । जसमा अध्यक्षमा एमाले सम्वद्ध अनेरास्वीयुका दुग्रेस गुप्ताले सभापतीमा उम्मेद्धवारी दर्ता गराएको क्याम्पस प्रमुख दिपक अर्यालले जानकारी दिएकाछन। नेविसंघका निरज प्रसाद धवल, सिके रावत नेतृत्वको जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठन, विद्यार्थी जनमत संघबाट रामजनम बाँनियाले सभापतीमा उम्मेद्धवारी दर्ता गराएका छन भने अखिल क्रान्तीकारीको सर्मथनमा जसपा नेपाल सम्वद्ध विद्यार्थी संगठनबाट समाजवादी विद्यार्थी युनियनका अजय हरिजनले सभापतीमा मनोनयन दर्ता गराएका छन ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लाका तिनवटा क्याम्पसमा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन र नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन संग प्यानल बनाएर निर्वाचनमा होमिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष संजय मौर्यले जानकारी दिएका छन । नेपाली काग्रेस निकट नेविसंघले भने कुनै पनि संगठन संग एलाईन्स गरेको छैन् । नेविसंघ एकल उम्मेद्धवारी खडा गरेर मैदानमा उत्रिएको सभापती कमल बस्यालले बताएका छन। यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारी सहित मोहन वैद्य निकट विद्यार्थी संगठन , नेकपा मसाल निकट अखिल छैटौँले चुनावी गठनबन्धन गरेको वैध अखिल क्रान्तीकारीका अध्यक्ष रमेश पाण्डेले जनाएका छन।
यसअघि २०७९ चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा दिव्य ज्योति बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल विजय भएको थियो भने पाल्ही क्याम्पसमा जनमतको प्यानल विजय भएको थियो ।