sunwal

जितपुर प्राथमिक विधालयमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

496

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५
बर्दघाट नगरपालिक वडा नं. ५,बण्डाखोलामा रहेको जितपुर प्राथमिक विधालयले अभिभावकहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारक बहादुर खत्रीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. ५ की वडाध्यक्ष बिमला गुरुङको प्रमुख आतिथ्यतामा भएको अभिभावक सचेतना कार्यक्रममा प्राज्ञ हुमनाथ आचार्यले सहजी करण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष बिमला गुरुङले आर्थिक संकलन विना कुनै काम गर्न नसकिने भएकाले सबै भन्दा पहिला अभिभावक जागरुक भएरमा आर्थिक संकलन गर्न कुनै समस्या नरहने बताउनु भएको थियो । उहाँले जनप्रतिनिधिले ब्यवस्था मिलाउने,शिक्षकले गुणस्तर शिक्षा दिने र अभिभावकहरुले आफ्ना बाल–बच्चाहरु विद्यालयमा पठाउने काम गरे जितपुर प्राथमिक विधालय नमुना विदालयका रुपमा विकास गर्न सकिने धारणा राख्नु भएको थियो ।

त्यसैगरी कार्यपालिका सदस्य सुमित्रा ढकालले बण्डाखोलाबाट ५ वटा बसमा बिधार्थीहरु भरीएर जाने तर घरछेउको विद्यालयमा बिधार्थी अभाव हुनु भनेको राम्रो पक्ष नरहेको बताउदै सबै एक भएर लाग्नु पर्ने बताउनु भयो ।

अर्का वडा सदस्य शोभाकान्त लामिछानेले जितपुरमा मानिसहरुको मनोभावना बुझेर काम गर्न नसकेका कारण समस्या भएको बताउदै अहिले सबै जागरुक हुदै भएको उल्लेख गर्नु भयो ।
कार्यक्रम सञ्चालन गर्दै विधालयका प्रधानाध्यापक दिर्घ धिमिरेले स्थानियवासीहरुले नै विद्यालय र गाउँ बनाउने भएकाले सबै लाग्नु पर्ने बेला आएको बताउनु भएको थियो ।
वडा सदस्य मिलन पाण्डे, रेवती वि.क.,टोलविकास समितिका अध्यक्ष शिवनारायण चौधरी लगाएतको उपस्थिीत रहेको कार्यक्रममा सहभागि विद्यालयका अभिभावकहरुले पहिले भन्दा विद्यालयमा धेरै परिवर्तन भएको बताएका थिए ।