sunwal

सबै समुदायका मौलिक संस्कृतीको संरक्षण गरौं : संविधानसभा सदस्य खनाल

55

बर्दघाट,फागुन–१४

संविधानसभा सदस्य बिक्रम खनालले आदिबासि थारु समुदाय एक असल भुमीपुत्र भएको बताउदै थारु समुदायको सस्कृतीले पृथक ईतिहास बोकेको उल्लेख गर्नु भयो ।

शिवशक्ती युवा क्लब बर्दघाट ११ गैडहवा ले महाशिवरात्रीको अवसरमा आयोजना गरेको थारु समुदाय विशेष सास्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खनालले सबैले सबैको धर्म,सस्कृती र परम्पराको सम्मान गर्दै एकले अर्काको सह अस्तित्वलाई स्विकार गरि अघि बढ्नु पर्नेमा जोड दिनु भयो । “सस्कृतिनै नै पहिचान र सभ्यताको जननी हो,सबै समुदायका आ आफ्नै पर्व छन भेषभुशा छन यसर्थ नै नेपाल आज सबै जातजाति र भाषीहरु सुन्दर फुलवारी हो,हामी बिच अनेकतामा एकता छ,यो भातृत्व सधै कायम राख्नु पर्छ”खनालले भन्नू भयो ।

बिभिन्न समुदायले विभिन्न समयमा गर्ने यस्ता पहिचान विशेष कार्यक्रमहरुले मौलिकताक समेत संरक्षकणमा टेवा पुग्ने उहाँले बताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नगर प्रवक्ता सन्त बहादुर गाहा,सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ ,वडा नम्बर ११ का वडाध्यक्षय फरेन्द्र चौधरी लगायत थारु समुदायका अगुवाहरूको उपस्थिती रहेको थियो ।