कृष्ण ढकाल
बर्दघाट,फागुन–१४
पश्चिम नवलपरासी जिल्लाको सर्वाधिक धनराशि पुरस्कार रहेको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को उपाधिका लागि फाईनल खेलमा बीरगंज युनाईटेड,बिरगंज र बांसवारी क्लब काठमाडौं भिडने भएका छन ।
आज अर्थात बुधवार भएको सेमिफाईनलमा वागमती युथ क्लब सर्लाहीलाई शुन्यका विरुद्ध ४ गोलगर्दै बीरगंज युनाईटेड,बिरगंज फाईनलमा प्रवेश गरेको छ ।
खेलशुरु भएको २५औं मिनेटमा जर्सी नं. १४ का कृपाकान्त चौधरीले गोलगरी खाता खोलेपछि फेरी ३९औं मिनेटमा बीरगंज युनाईटेड,बिरगंजकै अर्का जर्सी नं. ११ का अमर डण्गोलले थप १ गोलगरी पहिलो हापमा नै २ गोल गर्न बीरगंज युनाईटेड,बिरगंज सफल भएको थियो ।
वागमती युथ क्लब सर्लाहीलाई आफ्नो नियन्त्रणमा लिइरहेको बीरगंज युनाईटेड,बिरगंजले फेरी दोस्रो हाफ लगत्तै अर्काे गोलगरी ३ गोल बनाएको थियो । तेस्रो पटक जर्सी नं. ७ का खेलाडी सागर चौधरीले गोल गरेका थिए भने अन्तिममा फेरी बीरगंज युनाईटेड,बिरगंजका जंर्सी नं. ११ का अमर डण्गोलले थप १ गोलगरी वागमती युथ क्लब सर्लाहीलाई ४ गोलको भारी थुपारेको थियो । तर वागमती क्लब सर्लाहीले भने खेलअधिभर नै खाता समेत खोल्न सकेन ।
आज भएको सेमिफाईनल खेलमा बीरगंज युनाईटेड,बिरगंजका जर्सी नं.११ का अमर डण्गोल म्यान अफ दि म्याच हुन सफल भएका थिए भने पहिलो गोलकर्ता जर्सी नं. १४ का कृपाकान्त चौधरीलाई टि.पि. बास्तोलाले ८ हजार पुरस्कार प्रदान गर्नु भएको खेल संयोजक मिन गुरुङले बताउनु भएको छ ।
स्वदेश तथा विदेशका १० टिमले सहभागिता जनाएको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगितामा प्रथमहुने टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यसैगरी उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष धनसिंह चिताउरेले बताउनु भएको छ । २ सय रुपैया प्रवेश शुल्क रहेको प्रतियोगिता बर्दघाट नगरपालिका वडा नं. १६ मा रहेको सूर्यनगर रंगशालामा सञ्चालन भैरहेको छ । फाईनल खेल १६ गते हुने छ ।