sunwal

बासबारी क्लव काठमाण्डौ बिजयी

555

कृष्ण ढकाल
बर्दघाट,फागुन–९

नवौँ संस्करणको सूर्यनगर गोल्ड कप २०८१ को अाज भएकाे खेलमा बासबारी क्लव काठमाण्डौ बिजयी भएकाे छ । क्वार्टर फाइनल राउन्डको पहिलो चरणको तेस्रो दिनको खेलमा बासबारी क्लव काठमाडौ बिजयी भएकाे हाे । अाजकाे खेल आयोजक नव युवा क्लब र बासबारी क्लब काठमाडौ बिच प्रतिस्पर्धा रहेको थियो ।

खेलको पुर्ण समयवधिमा दुबै तर्फ २ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा परिणात भएकाे थियाे । ट्राइब्रेकरमा आयोजक नव युवा क्लब बर्दघाट १६ सूर्यनगरलाई ३ का विरुद्ध ४ गोल गर्दै बाँसबारी क्लब काठमाडौँ सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएको छ ।
आयोजक का तर्फबाट जर्सी नम्बर ११ र १६ ले एक एक गोल गरेका थिए भने दुर्भाग्यबस आयोजक टिमका खेलाडी कमल भट्टराई (जर्सी नम्बर१२) बाट आत्मघाती गोल हुन पुग्यो ।

खेल बराबरीमा पुगेपछी अन्तत:बासबारी काठमाडौले (४-३) १ गोलान्तरले आजको खेल जित्न सफल भएको हो आजको खेलको म्यान अफ दि म्याच आयोजकका जर्सी नम्बर ११ महेश थापा क्षेत्री हुन सफल हुनुभएको छ।

सेमिफाइनलमा अन्तर्गत पर्सि फाल्गुन ११ गते हुने एमएस्सी फुटबल क्लब भारत र चारतारे फुटबल क्लब मोरङ बिचको प्रतिष्पर्धामा जित हासिल गर्ने टिम सग बासबारी क्लब काठमाडौले प्रतिस्पर्धा फाइनलको यात्रा तय गर्न सक्नेछ ।