कृष्ण ढकाल
पश्चिम नवलपरासी,फागुन–८
पश्चिम नवलपरासी जिल्लाको सर्वाधिक धनराशि पुरस्कार रहेको नवौं सूर्यनगर गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो दिन देबदह ब्वाइज रुपन्देही र राईनो क्लब नवलपुर विच भएको खेलमा राईनो नवलपुरलाई २ का विरुद्ध ३ गोल गरी देबदह ब्वाइज रुपन्देही क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
स्वदेश तथा विदेशका १० टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथमहुने टिमले ६ लाख ६६ हजार ६ सय ६६ रुपैया नगद सहित सिल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यसैगरी उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगद सहित सिल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष धनसिंह चिताउरेले बताउनु भएको छ ।
शुरुमा १ सय रुपैया टिकट र सेमिफाईनल पछि २ सय रुपैया टिकट काटेर मात्र खेल हेर्न पाउने ब्यवस्था रहेको अध्यक्ष चिताउरेले जानकारी दिनु भयाे।
बर्दघाट नगरपालिका वडा नं. १६ मा रहेको सूर्यनगर रंगशालामा भएको प्रतियोगिता सञ्चालनका लागि ३५ लाख खर्च अनुमान गरेको आयोजकलाई संरक्षकत्वका रुपमा रहेको बर्दघाट नगरपालिकाले १० लाख रुपैया विनियोजन गरेको छ भने बांकी रकम बिभिन्न संघ संस्थाहरु तथा कार्यालयवाट संकलन गर्ने योजनामा रहेको लुम्बिनी फुटबल संघका महासचिव तथा वडा नं. १६ का वडाध्यक्ष भिमकाजी गुरुङगले बताउनु भएको छ ।
प्रतियोगिताको समुद्घाटन बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले गर्नु भएको थियो ।