आरती राना
बर्दघाट,माघ–२८
हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको अध्यक्षमा विष्णुप्रसाद बराल चयन हुनुभएको छ ।
बर्दघाट–१० लण्डनव्रिज गार्डेन रिसोर्टमा आज भएको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानी र सहकार्य बचत तथा ऋण सहकारी संस्था लि.सरावल विचको एकिकरण सम्वन्धि संयुक्त भेलाले बराललाई अध्यक्षमा सर्बसम्वत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र कुमार वस्नेतले जानकारी दिनु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा मनोहर राईमाझी, सचिवमा कमलाकुमारी गुरुङ र कोषाध्यक्षमा रुकमागत पाण्डेलाई चयन गरेको छ भने सदस्यहरूमा दीपकप्रसाद भण्डारी, गोमा थापा ,शान्तिदेवी अधिकारी, सरिता सापकोटा , सविता पंगिनी ,बिमलकुमार श्रेष्ठ, मेनुका क्षेत्री पूर्णवती मिश्र र माया खरेललाई चयन गरेको छ । त्यसैगरी लेखा संयोजकमा माधवप्रसाद अधिकारी सदस्यहरूमा अर्जुनप्रसाद शर्मा मरासनी र पार्वती भट्टराई चयन हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा राजेन्द्र कुमार वस्नेत,सदस्यमा दया दर्लामी र शिव प्रसाद पौडेल रहनु भएको थियो ।
हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।