कृष्ण ढकाल
बर्दघाट,माघ–२६
बर्दघाट नगरपालिका बडा नं. –४ मा रहेको युरासिया रेयूकाईद्वारा सञ्चालित आँखा उपचार केन्द्रको आजबाट एक कार्यक्रमका विच औपचारीक रुपमा सञ्चालन गरीएको छ ।
रेयुकाई मासुनागा अस्पताल काभ्रेको ५ औ आँखा उपचार केन्द्रको रुपमा बर्दघाटमा आज देखि सेवा शुभारम्भ गरेको युरासिया रेयूकाई २२औं शाखा बर्दघाटका अध्यक्ष चेतनारायण पाण्डेले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र वडाध्यक्ष वेदविना तिवारी,बिमला गुरुङ,बर्दघाट नगरका स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल,आँखा उपचार केन्द्रकी वरिष्ठ नेत्र साहयक सिमा गैरे, सेवा फाउन्डेसनका शेखर भट्टराई लगाएत महिला स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थितीमा उक्त आँखा उपचार केन्द्रको समुद्घाटन गरीएको थियो ।
रेयुकाई मासुनागा अस्पताल काभ्रेका महासचिव हीरामणि शर्माको अध्यक्षता र संस्थाका महासचिव विष्णुप्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।