sunwal

ज्ञानज्योती एकेडेमी भुमहीको २८औं वार्षिकोत्सव सम्पन्न

315

कृष्ण ढकाल
बर्दघाट,माघ–२२
सुनवल–१२ ,भुमहीमा रहेको ज्ञानज्योती एकेडेमी मा.बि.को २८औं वार्षिकोत्सव एवम् अभिभावक दिवस–२०८१ सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष टंकप्रसाद न्यौपानेको अध्यक्षता र समाज सेवी उपेन्द्रमान प्रद्यानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै समाजसेवी प्रद्यानले ज्ञानज्योतीका बिद्यार्थीहरु शिक्षाको क्षेत्रमा मात्र नभै बिभिन्न खालका प्रतिभा र सिपमा समेत अब्बल रहेको बताउनु भएको थियो ।
बिद्यार्थीलाई धोकाएर पढाउनु भन्दा पनि सिकाउदै पढाउने र उनीहरुको आनीबानी र आचरणमा सुधार ल्याउने गरी नैतीकशिक्षा र ब्यवहारीक ज्ञान दिन जरुरी रहेको प्रमुख अतिथि प्रद्यानले बताउनु भएको थियो ।
विद्यालयका ब्यवस्थापक डा. श्यामप्रसाद न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा पूर्व शिक्षक तथा समाज सेवी जयराम बस्याल,खेमराज नयौपाने,रामप्रसाद ढकाल,नेत्रप्रसाद चापागाई ,युवराज भुषाल,लक्ष्मण भट्टराई,श्याम राना लगाएतको उपस्थिती रहेको थियो ।

शिक्षक भोजराज पाैडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा बिद्यार्थी साधना न्यौपाने र स्वीकृति भट्टराईलार्ई समेत कार्यक्रम सञ्चालन गर्न दिइएको थियो ।

वार्षिकोत्सव एवम् अभिभावक दिवस कार्यक्रममा बिद्यार्थीहरुका प्रतिभाहरुको प्रस्तुतीसँगै ,अभिभावकहरुका प्रस्तुती र अभिभावकहरुका लागि छोटो समयको हाजिरी जवाफ प्रतियोगिता समेत कार्यक्रममा प्रस्तुत गरीएको थियो ।