sunwal

३६ बर्षमा पहिलो पटक अखण्ड आधारभूत विधालयलको वार्षिकोत्षब

593

कृष्ण ढकाल
बर्दघाट,माघ–२२
बर्दघाट–१३ पोखरीटोल (धनेवा)मा रहेको श्री अखण्ड आधारभूत विधालयले पहिलो पटक ३६औं वार्षिकोत्षब तथा अभिभावक दिवस कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
ईतिहासमा नै अहिले सम्म गर्न नसकिएको उक्त विद्यालयको वार्षिकोत्षक तथा अभिभावक दिवस कार्यक्रम यस पटक निक्कै मिहनतका साथ गरीएको उक्त विद्यालयका प्र.अ. दिपक पोखरेलले बताउनु भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवि चापागाईको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो पटक भएको कार्यक्रममा ३ लाख ५० हजारको अध्यक्षकोष घोषणा गरीएको छ भने सोही अवसरमा ४ लाख ८५ हजारको अटो रिक्सा खरीद गरेर बिधार्थी बोक्न शुरु समेत गरीएको प्र.अ. पोखरेलले बताउनु भएको छ ।

शिक्षक ज्योती सूर्यवंशीको स्वागतबाट शुरु भएको ऐतिहासिक कार्यक्रममा बर्दघाट नगरका बिभिन्न विद्यालयका प्र.अ.हरुको समेत उपस्थिती रहेको थियो भने विद्यालयका प्र.अ. दिपक पोखरेलले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शिक्षक अर्जुन अर्यालको सञ्चालन रहेको उक्त कार्यक्रममा विद्यालयक ब्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीबि चापागाईले १ लाख ११ हजार १ सय ११ बराबरको अक्षकोषको रकम जम्मा गर्ने घोषणा गर्नु भएको थियो भने अर्का रामहरि चापागाईले १ लाख ५ सय ५५ ,झविलाल पाण्डेले ५५ हजार गरी क्रमशः टोटल ३ लाख ५० हजार रकम उक्त ३६औं वार्षिकोत्षक तथा अभिभावक दिवस कार्यक्रममा अक्षकोषको लागि बोलकोल गरी घोषण गर्नु भएको प्र.अ. पोखरेलले बताउनु भयो ।
त्यसैगरी विद्यालयका बिद्यार्थीहरुको यातायात सेवाका लागि बर्दघाट नगरले अटो चलान गर्न ३ लाख र बाहिरबाट १ लाख ८५ हजार संकलन गरीएको पोखरेलले बताउनु भएको छ ।