sunwal

ग्लोवल एकेडेमीको स्वास्थ्य शिविरबाट ६ सय ५० जनाले स्वास्थ्य लाभ लिए

590

कृष्ण ढकाल
बर्दघाटमाघ–१९
ग्लोवल एकेडेमी बर्दघाट–१० को आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवाको प्राविधिक सहयोगमा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट ६ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

माघ–१९ गते आयोजीत स्वास्थ्य शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवाको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरुको परिक्षण शिविर संचालन गरिएको स्वास्थ्य शिविर संयोजक ईन्द्र ढकालले बताउनुभयो ।
वेस्टर्न एजुकेसन रिसर्च सेन्टर मार्फत सञ्चालन गरीएको ग्लोबल एकेडेमी बोडीङ स्कुलले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्नका साथै विशेषज्ञ डक्टरहरुको परामर्श र निःशुल्क औषधीको समेत व्यवस्था गरीएको रिसर्च सेन्टरकाअध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनु भएको छ ।
संस्थागत विद्यालयहरुले आर्थिक लाभका लागि मात्र काम गर्दछन भन्ने तर्कहहरु आईरहदा समुदाय केन्द्रित गरी संस्थागत विद्यालय ग्लोबल एकेडेमिले निःशुल्क स्वास्थ्य शिविर राखेपछि त्यस क्षेत्रका अभिभावकहरू दङ्ग परेका थिए ।
सेवालिन आउनु भएका जेष्ठ नागरीक कमल खनाल, सूर्यनारायण पाठक लगाएतले निजी विद्यालयले ठूलो धनराशी खर्च गरेर समुदायका लागि स्वास्थ्य शिविर राखेकोमा आश्चर्य ब्यक्त गर्नु भएको थियो ।

यता ग्लोबल एकेडेमीका अध्यक्ष हरि अधिकारीले समाजमा निजी शैक्षिक संस्थाहरु नाफामुखी मात्रै हुन्छन् भन्ने भाष्य चिर्न शिविर आयोजना गरिएको बताउनु भयो। ग्लोबल एकेडेमीले विगतदेखि नै सामाजिक उत्तरदायित्व महसुस गरी समुदायलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोअधिकारीले बतउनु भयो ।

त्यसैगरी शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने विरामीका लागि निःशुल्क यातायातको ब्यबस्था र प्रयोगशालामा परिक्षण गर्नुपर्ने हरुको नमुना संकलन गरी मेडिकल कलेजमा लागिएको छ। मेडीकल कलेजमा परिक्षण गरी निःशुल्क रुपमै रिपोर्ट उपलब्ध गराउने मेडीकल कलेजका प्रशासनिक कोडिनेटर तेजु के सीले बताउनु भयो। २० गते बिहान १० बजे थप उपचार गर्नु पर्ने बिरामी लिन बस आउने केसीले बताउनु भयो। थप उपचार गर्नु पर्ने बिरामीहरुलाई प्रकृति हेरेर सम्पूर्ण उपचारमा लाग्ने शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुटको ब्यबस्था गरिएको समेत बताउनु भएको छ ।
शिविरमा आएका सेवाग्राहीहरु मध्ये सामान्य खालका बिरामीहरूलाई एक हप्तासम्म पुग्ने औषधि निःशुल्क रुपमा विद्यालयले दिइएको छ। यसरी प्रदान गरेको औषधि विद्यालयले खरीद गर्नुका साथै केही औषधि बर्दघाट नगरपालिका, बर्दघाट ९ र १० वडा कार्यालय, र बर्दघाट ९ मा रहेको सुलभ फार्मेसीका सञ्चालक बाबुराम तिमल्सिनाले औषधिमा सहयोग गर्नुभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

बार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गरिएको र विद्यार्थी, अभिभावक र आम समुदायको उल्लेखनीय उपस्थिति गरी स्वास्थ्य शिविर मार्फत संस्थागत विद्यालयले पनि समुदायलाई लक्ष्यित गरेर काम गर्न सकिन्छ भन्ने उदाहरण
दिन यस्तो योजना अघि बढाएको विद्यालयका प्रिन्सिपल मणी शर्माले बताउनु भएको छ ।