कृष्ण ढाकल
बर्दघाट ,माघ ५
अबको शिक्षा सीप र सस्कारयुक्त हुनु पर्ने लुम्बिनी प्रदेशसभा सदस्य एवं बन तथा बाताबरण समितिका सभापति बिश्वप्रेम पाठकले बताउनु भएको छ । समयको बिकास सगै शिक्षा प्रणाली समेत परिमार्जन गर्दै लैजानु पर्ने सांसद पाठकले बताउनु भयो ।
सरस्वती मावी बर्दघाट १४ कुन्जनपुरको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै पाठकले प्रविधी र सीपयुक्त शिक्षा नहुदा युवा शक्ति पलायन हुनुको एउटा कारण पनि रहेको उहाँले बताउनु भयो । शिक्षा सीप युक्त हुनु पर्छ,सस्कारयुक्त पनि हुनुपर्छ युग सुहाउँदो हुनुपर्छ,अब स्थानिय तहले पनि बिषयगत रुपमा प्राविधिक शिक्षालाई जोड दिन जरुरी छ”पाठकले भन्नू भयो ।
विद्यालय को बिकास र शैक्षिक गुणस्तर सुधार सगै उपयुक्त पठन पाठनको बाताबरण तयार गरिदिनका लागि आम अभिवाक शिक्षक र सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्ने उहाँले बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले बिद्यालयको ईतिहासका बारेमा बारेमा जानकारी गराउदै बिगतदेखि नै सरस्वती माबिमा प्राविधिक शिक्षाका लागि पहल गरिरहेको बताउनु भयो ।कार्यक्रममा निरन्तर रुममा बिधालयमा योगदान पुर्वाउनुहुने महानुभावहरुलाई सम्मान गरिएको छ भने दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति समेत रहेको छ ।
माघ ४ गते देखि सुरु भएको स्वर्ण जयन्ती महोत्सव ८ गते सम्म सञ्चालन हुने छ ।