कृष्ण ढकाल
बर्दघाट,पौष–२९
नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–३ स्थित एच पाठशाला कक्षा युकेजीमा अध्यनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको आँखा फुटेको घटना प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,जिल्ला कमिटि नवलपरासीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला कमिटि अध्यक्ष सञ्जय मौर्यले विज्ञप्ती जारीगरी विद्यालयकी शिक्षिका सन्जु चौधरीले पिटेर बिधार्थीको आँखा पुट्को घटनाको लामो समयहुँदा पनि पिडकले न्याय नपाएको प्रति बिधार्थी संगठनको गम्भीर ध्यानाकर्ष भएको भन्दै तत्काल पिडकलाई कार्वाही र पिडितलाई उचीत न्याय दिलाउनका लागि विज्ञप्ती मार्फत आग्रह गर्नु भएको छ ।