कृष्ण ढकाल
बर्दघाट,पौष–२९
पश्चिम नवलपरासीको,सरावल– १,बासावसही (नयाँटोल) मा विराट शिव मुर्ति तथा वाटर फाउन्डेसन पार्क निमार्णका लागि आज शिलन्यास भएको छ ।
४५ लाखको लागत स्टिमेटमा निमार्ण गर्न लागिएको ४५ फुट अग्लो शिव मुर्ति तथा वाटर फाउन्डेसन पार्कको शिलन्यास पूर्व कानुन मन्त्री एवं नवलपरासी निर्वाचन क्षेत्र नं.२ का संघिय सांसद ध्रुबबहादुर प्रद्यानले गर्नु भएको छ ।
शिलन्यास कार्यक्रममा बोल्दै सांसद प्रद्यानले शिव मुर्ति तथा वाटर फाउन्डेसन पार्कको निमार्णका लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।
फरक प्रसंगमा बोल्दै संसाद प्रद्यानले नेपालमा हिन्दु र्धम मान्नेहरुको वर्चस्व रहेकाले नेपाललाई हिन्दु राष्ट्रकै रुपमा चिनिने गरेको बताउनु भएको थियो । त्यसैगरी स्थानिय क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी आन्तरीक एवं वाहिय पर्यटकहरुको आगमन हुने वातावरण गर्न सके मात्र स्थानिय स्तरमा रोजगार र ब्यापार बढ्ने धारणा राख्नु भएको थियो ।
विराट शिव मुर्ति तथा वाटर फाउन्डेसन पार्क निमार्ण समितिका अध्यक्ष शेषकान्त भुषालको अध्यक्षता र पूर्व मन्त्री एवं संघिय सांसद ध्रुबबहादुर प्रद्यानको प्रमुख आतिथ्यतामा भएको शिलन्यास कार्यक्रममा वडा सदस्य गोरे राना मगर,समाज सेवी खेमलाल पोखरेल,रजहवा शान्ति वन वाटीका तथा अनुसन्धान केन्द्रका अध्यक्ष जनार्दन भण्डारी,पूर्व अध्यक्ष कृष्ण प्रसाद भुषाल,बैदिक सनातन धर्म परिषदका केन्द्रिय सदस्य नारायण पाण्डे,दुर्गा मन्दिर विकास मितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई लगाएतको उपस्तिथी रहेको थियो । कार्यक्रमाको सञ्चालन शव मुर्ति तथा वाटर फाउन्डेसन पार्क निमार्ण समितिका कोषाध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
रजहवा शान्ति वन वाटीका तथा अनुसन्धान केन्द्र परिसरमा ४५ लाखको लागत स्टिमेटमा निमार्ण गर्न लागिएको ४५ फुट अग्लो शिव मुर्ति तथा वाटर फाउन्डेसन पार्क निमार्णका लागि अहिले सम्म स्थानियवासी तथा वैदेशीक रोजगारमा गएकाहरुबाट २२ लाख बढी संकलन भैसकेको निमार्ण समितिका अध्यक्ष शेषकान्त भुषालले बताउनु भएको छ ।