sunwal

प्याब्सन नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ,शिक्षालाई सीप र प्रबिधिसंग जोड्न आवश्यक छ ः अधिकारी

601

कृष्ण ढकाल
बर्दघाट,पौष–२०
निजी तथा आवासीय अर्गानाइजेसन प्याब्सन नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ सर्ब सम्वतरुपमा निर्वाचीत हुनु भएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा घुरहु यादव,उपाध्यक्षमा बालकृष्ण लम्साल,सचीवमा अविनास रेग्मी र कोषाध्यक्षमा बिष्णु चौधरी सर्ब सम्वत निर्वाचीत भएको निर्वाचन मण्डलका सदस्य ईन्द्र गुरुङ्गले जानकारी गराउनु भएको छ ।
त्यसैगरी सहसचिबमा कृष्ण शर्मा रसह(कोषाध्यक्षमा शन्त बहादुर चौधरी रहनु भएको छ भने सदस्यहरुमा भुगोल तर्फका ७ जनामा सरावलबाट कुल नारायण चौधरी,प्रतापुरवाट राज कुमार मुराउ,पाल्हिनन्दनबाट कम्लेस माली,
सुनवलबाट भेष राज न्यौपाने,बर्दघाटबाट देउमान झेडिमगर र रामग्रामबाट दिपनारायण साहानी रहनु भएको छ ।
खुल्ला सदस्यहरु तर्फ भने गोपाल बस्याल,सुमित पाठक,कमला शर्मा र कृष्ण प्रसाद गौतम रहनु भएको निर्वाचन मण्डलका सदस्य ईन्द्र गुरुङ्गले जानकारी गराउनु भएको छ ।

प्याब्सन नवलपरासीको ३४ औं साधारणसभा तथा १६औं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले अहिलेको अवस्थामा निजी विद्यालयले शिक्षालाई सीप र प्रबिधिसंग जोड्न आवश्यक रहेको बताउनु भएको थियो ।
उहाँले निजी शैक्षिक संस्थाबाट उत्पादित विद्यार्थीहरूले देशको नाम उचाइमा लगेको बताउदै अहिले देश विदेशमा राम्रो जागिर खाने र विद्यालय तथा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, आर्थिक रुपमा उन्नति र प्रगति गर्ने तथा आमाबुवाको इच्छा आँकाक्षा पूरा गर्ने विद्यार्थीहरू निजी शैक्षिक संस्थाबाट अध्ययन गर्नेहरु रहेको दावि गर्नु भएको थियो ।
प्याब्सनले २० लाख विद्यार्थी पढाएको र २ लाख बढी शिक्षक शिक्षिकाहरूलाई रोजगारी दिएको र ६ अर्व स्वदेशमा नै लगानी गरेर राज्यलाई सहयोग गरेको दावि गर्नु भयो ।

त्यसैगरी प्याब्सन नेपालका केन्द्रिय सचिव सुवर्ण न्यौपानेले शिक्षालाई सिपसङ्ग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको धारणा राख्नु भएको थियो । उहाँले निजी शैक्षिक संस्थालाई राम्रो योजना तर्जुमा गरेर योजना अनुसार कार्यक्रम गर्ने र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने सके निजी शैक्षिक संस्थाको भविष्य राम्रो रहेको न्यौपानेको भनाई रहेको थियो ।

प्याब्सन नवलपरासीका सचीव यज्ञ प्रसाद न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा बोल्दै केन्द्रिय सचिव यादव गिरीले अहिलेका शैक्षिक समस्या समाधानका लागी उच्च स्तरबाट सम्बोधन हुनु पर्ने धारणा राख्नु भएको थियो । शिक्षा ऎन, शुल्क निर्धारण, मानव संसाधनको समस्या र शिक्षण शैलीमा परिवर्तन गर्न जरुरी रहेको यादवको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे,पुर्व( केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य, केन्द्रिय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्र बहादुर गुरुङले बोल्दै निजी शैक्षिक संस्थाहरूमा केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म एकमत हुनु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा सस्थामा योगदान गर्नु हुने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।