sunwal

संघको विपद कोष कार्यविधि तथा कर्मचारी नियमावली अनुमोदनगर्दै साधारण सभा सम्पन्न

727

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२२

बर्दघाट उद्योग बाणिज्य संघको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका उद्योगी ब्यवसायीहरुको पक्षमा रहेर कामगर्न संघलाई आग्रह गर्नु भएको थियो ।

नगरप्रमुख श्रेष्ठले वाणिज्य संघका अध्यक्षको प्रतिवेदनमा नगरको प्रर्यटन विकासलाई जोडदिदै ब्यापार ब्यवसायलाई अघि बढाउन नगर सरकारको ध्यानाकृष्ट गारएको प्रति धन्यवाद दिदै नगरले नगरक्षेत्रका पर्यटकिय क्षेत्रहरुमा बिभिन्न जातजातीका खानाका परिकारहरु बनाउने गरी योजना अघि सारेको बताउनु भएको थियो ।
बर्दघाट नगरले बडा नं. ५ को कञ्चनगढी क्षेत्रमा गुरुङ समुदायको खानाका परिकार रहने गरी र वडा नं. १२ को बुद्धमंगल ताल परिसरमा थारु समुदायको खानाका परिकार पाउने गरी नगरको लागत सहभागितामा चमेना गृह सञ्चालन गर्न बजेट विनियोजन गरेको समेत जानकारी गराउनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका उद्योगी ब्यवसायिहरुलाई नगरमा सुचिकृत हुने वातावरण सृजना गर्न उद्योग वाणीज्य संघलाई आग्रह गर्नु भएको थियो । नगरमा सुचिकृत भैरहदा नगरपालिका उद्योगी ब्यापारीहरु प्रति थप जिम्मेवार हुन्छ संघले त्यसको पहल कदमी गरोस भन्दा पनि तालमेल हुन नसकेको जानकारी गराउनु भएको थियो । त्यसैगरी नगरको पहाडीक्ष्ँेत्र र तराईक्षेत्रलाई जोडेर पर्यटनको माध्यामबाट पनि प्रसस्त आम्दानी गर्न सकिने संभावना रहेको उहाँको भनाई रहेको थियो । फरक प्रसंगमा नगर उपप्रमुख उपाध्यायले निजिक्षेत्रसंग सहकार्यगरेर पनि पहाडीक्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिने बताउनु भएको थियो ।

संघका महासचिब गंगा पाठकाको सञ्चालन र वरिष्ठ उपाध्यक्ष तारा गौतमको स्वागतबाट शुरु भएको कार्यक्रममा बोल्दै उद्योग वाणीज्य संघका केन्द्रिय सदस्य केशव भण्डारीले कोरोनाकाल पछि उद्योगी ब्यवसायीहरु आर्थिक रुपमा कम्जोर भएको र तिनैतहका सरकारहरुले खासै सहयोग नगरेको धरणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका तदर्थ समितिका संयोजक देखि बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तिहरुले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो भने बर्दघाट नगरपालिकाका कर्मचारी सर्पउद्धारकर्मी दुर्गा लामिछानेलाई सम्मान समेत गरीएको थियो ।

साधारण सभाले संघको अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन,महासचिव गंगा पाठककोे संस्थाको प्रशासनिक प्रतिवेदन,कोषाध्यक्ष जितबहादुर चौधरीको आर्थिक प्रतिवेदन पारीत गरेको छ । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले २५ लाख ९३ हजार ४० रुपैया बरावरको आर्थिक कारोवार गरेको छ । त्यसैगरी संस्थाको विपद कोष कार्यविधि तथा कर्मचारी नियमावली अनुमोदन र बजेट सहितको वार्षिक कार्ययोजना अनुमोदन गरेको छ ।