sunwal

अपाङ्गता भएकाहरुलाई सक्दो सहयोग गर्न नगर तयार छ ः नगरप्रमुख श्रेष्ठ

480

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१८
समावेसी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुलनाराका साथ ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस पश्चिम नवलपरासीको बर्दघाटमा पनि मनाईएको छ ।
सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोग तथा अन्य सामाजिक संघ–संस्थाहरुको सहकार्यमा ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको थियो ।

सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुलाई नगरका कुनैपनि स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य उपचार र ल्याप परिक्षणको ब्यवस्था मिलाएको जानकारी गराउनु भएको थियो । उहाँले नगरमा अहिले ६ सय २ जना बिभिन्न खालका अपाङ्गताहरु नगरमा सुचिकृत गरी कार्ड वितरण गरीएको समेत बताउनु भयो ।
त्यसैगरी नगरले गत बर्ष अपाङ्गहरुका लागि बिभिन्नखालको सहयोग गरेको र यस बर्षपनि आवश्यकताका आधारमा दृष्टि विहिन खेलाडी तथा बिद्यार्थीहरु लगाएत सबैखालका अपाङ्गहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्यायले विकासका नाममा भौतिक निमार्णमा बढी जोड दिनेपरिपाटी रहेको भएपनि अब त्यसलाई सुधार गरेर मानिसको बौद्धिक र आर्थिक सुधारको विकास तर्फ लगानी गर्नु पर्ने तर्फ नगरको ध्यान केन्द्रित भएको धारणा राख्नु भएको थियो । सोही अनुसार गत बर्षदेखि नगरपालिकाले अपाङ्गहरुका लागि पनि स्वरोजगार मुखिकार्य को शुरुवात गरेको बताउनु भएको थियो ।

सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटका कोषाध्यक्ष सुन्दर न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीले अपाङ्गहरुले पनि सपाङ्ग सरह गरेकेहुदै र ? भन्ने साहस सहित नगरको सहयोगमा उदाहरणीय कार्य गरेको प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

बर्दघाट–४ बाढीपिडीतमा रहेको साविक माकर गाविसको नवनिर्मीत भवनको सभाहलमा आयोजाना गरीएको ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा गत वर्ष सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटले सहयोग गरेको विउपुजीलाई तिनगुणा बृद्धि गरेकाहरुलाई सम्मान र केहि अपाङ्गहरुलाई सहयोगी सामाग्रीहरु हस्तान्त्रण गरीएको थियो ।