बर्दघाट,मंसीर–१४
बर्दघाट नगरपालिका साविक दाउन्नेदेवी क्लस्टरका तीन वटा वडा अतर्गतका वडा नम्बर १४,१५ र १६ को संयुक्त आयोजनामा तेस्रो अन्तर विद्यालय प्राथमिक तह खेलकुद तथा अतिरिक्त क्रियाकलाप आजबाट सुरु भएको छ । बर्दघाट नगर प्रवक्ता एवं वडा नम्बर १४ का अध्यक्ष सन्त बहादुर गाहको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुभारम्भ गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले पछिल्लो समय बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सुधारोन्मुख प्रयास गरिरहेको बताउनु भयो । “पछिल्लो समयमा नगरमा भएका सामुदायिक बिद्यालयहरुको नतिजा सुधारिएको पाएको छु,सामुदायिक र निजि बिधालयको गुणस्तरको खाडल पनि कम हुँदै गएको छ”पाठकले भन्नू भयो । लुम्बिनी प्रदेशको बन तथा बाताबरण समितिको सभापति समेत रहनु भएका साम्सद पाठकले पठन पाठन सगै अतिरिक्त क्रियाकलापले बिद्यार्थीको क्षमतालाई थप प्रभावारी बनाउदै शारीरिक र मानसिक रुपमा समेत तन्दुरुस्त रहन मद्धत पुर्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरका सामाजिक बिकास समितिका संयोजक एवं बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले बिगतमा हरेक दृष्टिकोणले पछाडी पर्दै आएको साबिक दाउन्ने क्लसटरका तीन वटा वडाहरु अहिले एक भएर अघि बढ्दै गर्दा यसले नया सन्देश दिएको उल्लेख गर्नु भयो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाशचन्द्र अधिकारी,नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जिसि,सरस्वती माबिका प्रधानाध्यापक सोमनाथ अधिकारी लगायतले आफ्ना धारणा राख्दै शैक्षिक क्रियाकलाप सगै बिद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको उल्लेख गर्दै गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
आज बाट सुरु भएको अतिरिक्त कृयाकलाप प्रतियोगिता विभिन्न बिधालय हुँदै १६ गते समापन हुने वडा नम्बर १४ का सचीव टङ्कनाथ भण्डारीले जानकारी दिनुभयो । ११ वटा बिद्यालयहरु सहभागी रहेको अतिरिक्त क्रियाकलापमा खेलकुद का विभिन्न बिधाहरु समावेस गरिएको छ ।