sunwal

तेहेरो कर प्रणालीलाई एकीकृत गरी एकद्धार बनाउछौं ः मन्त्री कलवार

464

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१२
लुम्विनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु ) ले वनलाई कृषिसङ्ग जोडेर अघिबढ्नु पर्ने बताउनु भएको छ । बर्दघाट–९ मा रहेको सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको २१ औं बार्षीक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कलवारले बनलाइ कृषिसङ्ग जोडेर अगाडि बनुपर्ने धारणा राख्नु भएको हो ।
सामुदायिक बन समुहहरु तेहेरो करको मारमा परेको उल्लेख गर्दै मन्त्री कलवारले सामुदायिक बनहरुले तिर्ने कर प्रणालीलाई एकीकृत बनाईनु पर्नेमा जोड दिनु भएको थियो । सामुदायिक वनको करको बिषयलाई लिएर लुम्बिनी प्रदेशका मुख्य मन्त्री देखी संघीय सरकारका बन मन्त्रीसङ्ग आफुले कुरा गरीसकेको बताउदै अब वन समुहहरुको करलाई एकृकीत बनाएर एकद्धार प्रणालीबाट कर तिर्ने ब्यवस्था मिल्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेशमा सघन वनको अवधारणा आएको बताउदै त्यस प्रति आफ्नो समितिको ध्यान आकृष्ट भएर त्यसलाई काटेर वनसम्बद्धन प्रणालीलाई अघि बढाएको जानकारी गराउनु भएको थियो । उहाँले यो बर्ष प्रदेशका सयवटा वनसमुहमा वनसम्बद्धन प्रणालीमा आधारीत रहेर काम गर्न वजेट विनियोजना गरेको समेत बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका सबै वन समुहहरु स्थानिय सरकारले वनकमुहसंग बढीकर लियो भन्दै हतासिनु नपर्ने बताउदै सबै काम गरेर सकेपछि बचेको रकमको मात्र १० प्रतिशत कर लाग्ने बताउनु भएको थियो । त्यसैगरी सिम्सारको अवधारण अनुसार अघिबढ्न आयोजकलाई सुझाव दिनु भएको थियो ।

सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता र सचिव कमला सुवेदीको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट नगरका निर्वतमान नगरप्रमुख धिरज शर्मा बस्यालले नगरको विकासका लागि सबै सरोकारवालाहरुलाई समेटेर नगरको विकास गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

त्यस्तै वैज्ञानीक वन र दिगो वनका वारेमा नेपाल सरकार अल्मलिएको वैज्ञानिक वन ब्यस्थापन समितिका केन्द्रिय अध्यक्ष रेनु सेनले बताउनु भएको थियो ।

सिमसार र वन समुहका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यीक्तहरुलाई एउटै मञ्चमा राख्ने र सिम्सारको प्रचार–प्रसार गर्ने हेतुले सन्सारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहले सिमसारमा पहिलो पटक कार्यक्रमको आयोजना गरेको समुहका अध्यक्ष कमल प्रसाद पराजुलीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष ,सचिव र, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत भएको थियो जस्मा ६२ लाख ६६ हजार २० रुपैया बराबरको आर्थिक कारोवार भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । कार्यक्रममा कार्यालय सचिव लिला कुमारी पुन र एक जना वन हेरालुलाई सम्मान सहित विदाई समेत गरीएको थियो ।

बर्दघाट नगरपालिका वडा नं. ८,९,१० सरावल गाउपालिका वडा नं. ३ र ४ सहित पाल्हिनन्दन गाउपालिका वडानं.१ का उपभोक्ताहरु समाहित रहेको उक्त वन समुहमा २ हजार ४ सय ६५ घरधुरीका १७ हजार १ सय १० जनाले प्रत्यक्ष सेवा लिईरहेका छन ।
२० ६८ साल जेष्ठ ४ गते डिभिजन वन कार्यालय नवलपरासीमा दर्ताभएर आफ्नो सेवा शुरु गरेको संसारकोटा हरियाली सामुदायिक वन उपभोक्ता समुहको ४ सय ७५ दशमलव ६३ हेक्टर क्षेत्रफल रहेको छ ,