कृष्ण ढकाल
बर्दघाट,मंसीर–९
बर्दघाट–१० अमरदिप टोलमा रहेकोे पञ्चनगर रङ्गशाला संरक्षण मञ्चद्वारा आयोजीत तेश्रो नवलपरासी जील्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा दिब्य ज्योती मा.बी. चिसापानी विजयी भएको छ ।
कुमदीनी मा.बि. बर्दघाटको बि समुह र दिब्य ज्योती मी.बी . बीचको खेलमा टस हारेर ब्याटीङ्गको नीम्तो पाएको दिब्य ज्योती मा.बि.ले १६ ओभरमा १ सय ७९ रन को विशाल लक्ष्य खडा गररेको थियो ।
जवाफमा ब्याटीङ्गमा आएको कुमदीनी बि समुहले जम्मा ९७ रन मात्र बनाउन सक्यो भने खेलमा म्यान अफ दि म्याच दिब्य ज्योती मा.बि.का राजीभ सुनारले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरि १ ओबरमा, ५ रन खर्चेर महत्वपूर्ण १ वीकेट लीएका थिए ।
ब्याटीङ्ग तर्फ १९ बलमा ४५ रन जोडी उत्कृष्ट खेल्दै नट आउट रहेका थीए । म्यान अफ दि म्याच लाई आजका प्रमुख अतीथी बर्दघाट नगरपालीका वडा नं १० को क्युपेक नेपाल भुताहाका नीबर्तमान अध्यक्ष प्रशुराम चौधरीले पुरस्कृत गर्नु भएको पञ्चनगर रङ्गशाला संरक्षण मञ्चका मिलन पौडेलले जानकारी दिनु भएको छ ।
यहि मंसीर ३ गते सोमबार देखी पन्चनगर रंगशालामा भएको तेश्रो नवलपरासी जील्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा गत ७ गते अर्थात शुक्रवार पवन मा.बी. र महेन्द्र जन्ता मी.बी . बीचको खेल भएको थियो ।
खेलमा टस हारेर ब्याटीङ्गको नीम्तो पाएर १६ ओभरमा १ सय ८६ रन को विशाल टार्गेट खडा गरेको थियो। जवाफमा ब्याटीङ्गमा आएको महेन्द्र जन्ता मा. बी. ले १२ ओभरमा जम्मा ४८ रन मात्र बनाउन पुगेको थियो ।
सो खेलमा म्यान अफ दि म्याच पवन मा.बी.का सलीम खानले अलराउन्ड प्रदशन गरि ३ ओबरमा, १३ रन खर्चेर २ वीकेट लीएका थिए भने ब्याटीङ्गमा २१ बलमा ५१ रनको अर्धसतकीय पारी खेल्दै नट आउट रहेका थीए ।