sunwal

प्रतापपुर गाउँपालिकाद्धारा सहकारी मुद्धामा छानबिन सुरु

७ जना ब्यक्तिहरुले ५६ लाख ८६ हजार ६ सय ३९ रुपैया संस्थाको आर्थिक रकम अपचलन गरे

512

श्याम बुचा
सुस्ता ,९ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले सहकारी संस्थाको आर्थिक अपचलन सम्बन्धि छानबिन प्रकियाको थालनी गर्न सुरु गरेको छ ।

प्रतापपुर गाउँपालिकाको कार्यालयले आफनो पालिका भित्र रहेको बिभिन्न सहकारी संस्थाहरुको आर्थिक कारोबारमा अपचलन गर्ने ब्यस्थापक तथा सञ्चालक समिती माथि पालिकामा परेको उजुरीको आधारमा छानबिन समिती गठन गरेर सहकारी संस्थाको आर्थिक रकम हिनामिना तथा अपचलन सम्बन्धि परेको उजुरी प्रति छानबिनको कामलाई पालिकाले तिब्रता दिएको हो ।

प्रतापपुर गाउँपालिका वडा न.१ का वडा अध्यक्ष महेन्द्र बहादुर चौधरीको सयोजकतामा ५ सदस्यीय सहकारी छानबिन समितीले सोही गाउँपालिकाको वडा न.६ गुठिप्रसौनीमा रहेको जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको अध्ययन प्रतिबेदन प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवलाई बुझाएको छ ।

सहकारी छानबिन समितीका अध्ययन प्रतिबेदन अनुसार जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रतापपुर ६ गुठिप्रसौनीको आर्थिक बर्ष ०७८ र ०७९ बाह्य लेखापरीक्षण गरेको देखिन्छ र सोही लेखा परिक्षण प्रतिबेदन अनुसार संस्थाका केही कर्मचारी सहित ७ जना र सहकारी सञ्चालक समितीबाट रकम असुली गर्नुपर्ने प्रतिबेदनमा उल्लेख गरिएको छ भने ति ७ जना ब्यक्तिहरुले ५६ लाख ८६ हजार ६ सय ३९ रुपैया संस्थाको आर्थिक रकम अपचलन गरेको र उक्त रकम ति ब्यक्तिहरुबाट असुल उपर गर्नुपर्ने छानबिन समितीको अध्ययन प्रतिबेदनले देखाएको छ ।