Holi care school

उदाउँदो सूर्यलाई अर्घ्य दिँएसँगै छठपर्व सम्पन्न 

404

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२३

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयहरुमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ को बण्डाखोला,पञ्चेश्वर मन्दिर परिसरको पोखरी,वडा नं. ६ को बेताहानी पोखरी,वडा नं. ७ को वडाकार्यालय पछाडीको पोखरी लगाएतका स्थानमा छठ पुजा गरीएको थियो । त्यसैगरी सरावलको धनगढवा, पारासीको झही खोला ,प्रतापपुर खजुरी खोला लगाएतका बिभिनन स्थानहरुमा ब्रताल्हरुले उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरेका छन ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासना पर्वको प्रारम्भ गरेको बर्दघाट ५ बण्डाखोला निवासी सकुन्तला ग्ुप्ताले बताउनु भएको छ ।

५७ पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएर खर्नाका दिन बर्तालुहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्ने र राति अरवा अरबाइन (बिना नुन हालेको ) खानेकुरा खाएएर बस्नाले मनले चिताएको पुग्ने छठपर्व व्रतालु बर्दघाट–५ बण्डाखोला निवासी राजकुमारी चौधरीले बताउनु भएको छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा , ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुग्ने प्रचलन समेत रहेको छ।

षष्ठीका दिन हिजो साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गर्ने गर्दछन ।