kalika

वनलाई कृषिसङ्ग जोड्ने प्रयासमा छु : मन्त्री कलवार

353

बर्दघाट,कार्तिक ११ 

लुम्विनी प्रदेश सरकारका नवनियुक्त बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु ) ले वनलाई कृषिसङ्ग जोड्नु पर्ने बताउनु भएको छ । बर्दघाट नगरपालिकाद्रारा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले वनलाई कृषिसङ्ग जोडेर आर्थिक बिकास गर्न सकिने बताउनु भएको छ ।

सवै मिलेर बन क्षेत्रको संरक्षणमा लाग्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्नु भयो । ” मैले बनलाई कृषि जन्य उत्पादनमा जोडेर उत्पादित बस्तुको बजारीकरण गरि आर्थिक बिकास गर्ने तर्फ जोड्ने प्रयासमा छु ।” मन्त्री कलवारले भन्नु भयो । मन्त्री भएपश्चात गृह जिल्ला आउनुभएको मन्त्री कलवारले आज विभिन्न संघ सस्था र जनता माझ भलाकुसारी गर्दै बन सरक्षणमा लाग्नु पर्ने आजक प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

सामुदायिक वनका वन सम्बन्धि बिबिध समस्याहरु रहेको उल्लेख गर्दैन मन्त्री कलवारले ती समस्या समाधानका लागी प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्री कलवारला बधाई तथा शुभकामना दिदै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वन क्षेत्रका समस्याहरुको मन्त्री कलवारकै पालामा समाधान हुने अपेक्षा राख्नु भयो । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खानालले बन तथा बाताबरण मैत्री बिकास देशलाई चाहिएको धारणा राख्नु भयो ।

बिकासको क्रममा स्थानीय तह र प्रदेश बिच समन्वय होस भन्दै खनालले सफल कार्याकालको शुभकामना दिनु भयो । डिभिजन बन कार्यालय नवलपरासी, बर्दघाट नगरपालिका बर्दघाट , महाकबि देवकोटा बहुमुखी क्याम्पस सुनवल, सरावल गाउपालिका वडा नम्बर ६, श्री कृष्ण धाम बिकास समिती सुनवल ४ लगायतले मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिएका थिए ।