kalika

शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा राख्न जोड

152

बर्दघाट ,कार्तिक १०

नवलपरासी । पश्चिम नवलपरासीमा शिक्षक-शिक्षीकाहरुले शिक्षाको अधिकार नेपालको संविधानको अनुसूची ९ मा हुनु पर्नेमा जोड दिएका छन । अहिले अनुसूची ८ मा हुदा स्थानीय तहमा शिक्षाको अधिकार रहेको छ । स्थानीय सरकारमा शिक्षाको अधिकार रहदा शिक्षकहरुले धेरै दुख पाएको उल्लेख गर्दै शिक्षकहरु नेपालको सबिधानको अनुसूची ९ मा सघ प्रदेश र स्थानीय तहको अधिकारको साझा सुचीमा राख्न जोड गरेका छन ।

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति नवलपरासीले एक दिने बिश्वस पद्धति, मस्तिष्क धारणा निर्माणका र गुणस्तर नेतृत्व क्षमता सन्दर्भमा बोल्दै केन्द्रिय सदस्य अर्जुन तिवारीले अनुसूची ८ को परिक्षण असफल भएको उल्लेख गर्नु भयो । “अनुसूची ८ अन्तर रहदा स्थानीय तहले शिक्षकहरुलाई परिचालन गर्न नसकेको प्रमाणित भएको उल्लेख गर्दै तिवारीले स्थानीय सरकारले राजनीतिक दाउपेचका आधारमा शिक्षकहरुलाई दुख दिएको बताउनु भयो । “अधिकाश स्थानिय तहमा शैक्षिक समस्यालाई बुझ्ने र समस्या समाधान गर्ने बिषयमा जटिलता देखिएको छ । देशको शिक्षा कस्तो बनाउने भन्ने बिषयमा अनुसूची ९ मा राखी सघ, प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्र भित्र राख्नु पर्छ ।” तिवारीले भन्नु भयो ।

शनिबार बर्दघाटको दाउन्नेदेबी बहुमुखी क्याम्पसमा जिल्लाका सातै वटा स्थानीय तहहरुका शिक्षक- शिक्षीकालाई सहजीकरण गर्दै तिवारीले शिक्षक समाज र राष्ट्रको रोलमोडलको भुमिका खोल्नु पर्ने, शिक्षकका क्षमता बिकासको  तालिम, पाठयक्रमले विद्यार्थीले भावना समेट्न नसकेको, देशमा १८ थरीका शिक्षक हुनु नेपालको लागी शैक्षिक समस्या रहेको तिवारीको भनाइ छ ।

शिक्षक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पङ्गेनीले लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामा १२ वटा अभियान सञ्चालन गरिएको उल्लेख गर्नु भयो। तोकिएको समयमा कार्यक्रम सञ्चालन गर्ने, स्वदेशी उत्पादनको प्रयोग बढाउने, कार्यक्रमको फजुल खर्च कटाउने, समतलिय बसाई, शिक्षण सस्थामा कार्यक्रम गर्ने लगायतका बिषयलाई अभियानको रुपमा सञ्चालन गरीने धारणा राख्नु भयो । “शिक्षक एउटा गाउँ समाज र राष्ट्रको रोलमोडलका रुपमा रहेको हुन्छ । त्यसैले समाजलाई सकारात्मक परिवर्तन दिने परिणाम आउने गरि काम गर्न र मार्गमा हिड्नु पर्ने बताउनु भयो ।

नेपाल शिक्षक संघका निर्वतमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले संघका नेतृत्वले संगठन निर्माणमा उल्लेखनीय भुमिका निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । न्यौपानेले शिक्षक संघ सदस्यले सस्था र नेतृत्व प्रति बिश्वास राखेमा मात्र सस्था बलियो हुने र सम्पुर्ण शैक्षिक समस्याहरुको समाधान गर्न सहज हुने बताउनु भयो । साथै बर्तमान समयमा देशै भरी स्थानीय सरकारले शिक्षकहरुलाई अनावश्यक रुपमा राजनीतिक आस्था र गुटका आधारमा सरुवा गरि दुख दिने गरेका कारण शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेकोले यसको निर्वारणका लागि शिक्षक संघले आवस्यक भुमिका खोल्नु पर्ने बताउनु भयो ।

सहजीकरण कार्यक्रममा जिल्लाका सातै वटा पालिकाबाट करिब ८५ जना शिक्षक शिक्षिकाहरु उपस्थित रहनु भएको जिल्ला सहसचिव अर्जुन पाण्डेले उल्लेख गर्नु भयो । कार्यक्रम जिल्ला अध्यक्ष भोजराज चापागाईंको अध्यक्षतामा उपाध्यक्ष शिवा रेग्मीको स्वागत र सचिब इन्द्रबहादुर चौधरीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमका अन्त्यमा अध्यक्ष भोजराज चापागाईंले गुणस्तरीय शिक्षाका लागि मर्यादित शिक्षण पेशाको महत्वलाई आधार बनाउनुपर्ने बताउनुभयो। शिक्षक संघ नवलपरासीले बिगत देखी नै शिक्षण पेसालाई मर्यादित गराउन र शैक्षिक समस्याको समाधान गर्दै शैक्षिक गुणस्तरका लागी लागिरहेको धारणा राख्नु भयो ।