Holi care school

बजार अनुगमनलाई तिव्रता दिदै बर्दघाट नगरपालिका

168

कार्तिक–७
चाडपर्वको समयमा उपभोक्ताहरु बिभिन्न बहानामा ठगीन सक्ने संभावनालाई मध्ये नजरगर्दै बर्दघाट नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले संयुक्त रुपमा बजार अनुगमन लाई तिव्रता दिएको छ ।
बुधवार बिषेशगरी खाना पकाउने ग्याँस सिलिण्डर विक्रेताहरुको पसलमा अनुगमन गरेको थियो । बर्दघाट देखि जिमिरेभार हुदै सूर्यनगर,कान्ग्रेसचोक र शान्तिटोल सम्म गरीएको अनुगमनका क्रममा बर्दघाट–७,जिमिभारमा रहेको निविता किराना पसलमा भेटिएका ६ वटा भरी र ९ वटा खाली गरी १५ वटा खाना पकाउने ग्याँस सिलिण्डर अनुगमन टोलिले बरामत गरेको छ ।

सिद्धनाथ ग्याँस कम्पनीका बिक्रेता मनोज जनरल स्टोर्स बर्दघाटबाट खरीद गरेको भनिए पनि त्यसको कुनै बिल नभएको , अहिलेको बजार भाउ भन्दा बढीमा बेच्ने गरेको ,खाना पकाउने ग्याँस सिलिण्डर बेच्ने अनुमति नलिएको र यसअघिको अनुगमनमा समेत जानकारी गराउदा पनि पसल सञ्चालनको प्रक्रिया पुरा नगरेको पाईएकाले उक्त सिलिण्डरहरु बरामत गरीएको बजार अनुगमन टोलिका संयोजक तथा बर्दघाट नगरपालिकाका उपमेयर रुद्रप्रकाश उपाध्यायले जानकारी गराउनु भएको छ ।

त्यसैगरी केरावारीका दुई वटा किराना पसलमा बेच्न राखिएको सेतो अण्डा अनुगमन टोलिले बरामत गरेर पसल सञ्चालक स्वयमलाई प्रत्यक्षनष्ट गर्न लगाई आइन्दा सेतो अण्डा नबेच्न आग्रह गरेको अनुगमन समितिका सदस्य तथा बर्दघाट नगरकार्यपालिका सदस्य मञ्जु चालिसेको बताउनु भयो । यता बर्दघाट–४ बाढीपिडितमा रहेको मल्ल किराना पसलमा बेच्न राखिएको गगन फुडको लड्डुमा किरा भेटिएपछि त्यसलाई पनि अनुगमन टोलिले बरामत गरेको छ ।

बजार अनुगमका क्रममा,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,बर्दघाट नगरपालिका उद्योग वाणीज्य शाखाका निमित्य शाखा प्रमुख लिलबहादुर चौधरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल,बर्दघाट नगर समितिका सदस्य माधब अधिकारी,नगरप्रहरी लगाएतको सहभागिता रहेको थियो ।