Holi asnjal makar GURU

नवगठीत बिद्यालय ब्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न

75

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–५
बर्दघाट नगरपालिका वडा नं. २, चिसापानीमा रहेको दिब्य ज्योती मा.बि.मा नवगठीत बिद्यालय ब्यवस्थापन समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत असोज १० गते भएको अभिभावक भेलाबाट निर्वाचीत तथा मनोनित प्रक्रियाबाट गठन भएको बिद्यालय ब्यवस्थापन समितिले आज अर्थात कार्तिक ५ गते पदस्थापन गरेको छ ।
दिनाबन्धु पाण्डेको नेतृत्वमा रहेको उक्त बिद्यालय ब्यवस्थापन समितिमा बलराम भण्डारी ,यम बहादुर थापा,बिमला पुन,गौमाया गर्वुजा पुन र जानकी पौड्याल रहनु भएको छ भने पदेन सदस्यका रुपमा वडाध्यक्ष गणेश बहादुर थापा क्ष्ँेत्री र शिक्षक प्रतिनिधिका रुपमा सरस्वती पोख्रेल रहनु भएको छ भने सदस्य सचिवका रुपमा प्र.अ. रमेश कुवंर रहनु भएको छ ।
पदस्थापन कार्यक्रममा बोल्दै नवगठीत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनाबन्धु पाण्डेले बिद्यालय राम्रो बनाउन आफु अघि बढीरहदा सबैको सहयोग आवश्यक रहको बताउनु भएको थियो । उहाँले बोलेर भन्दा पनि आफुले गरेर देखाउने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।


त्यसैगरी पदेन सदस्य अर्थात बडा नं. २ का वडाध्यक्ष गणेश बहादुर थापा क्ष्ँेत्रीले पहिलो समितिले पनि सकेजती राम्रो गरेको र नयाँ समितिले अझबढी राम्रो गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयोे । उहाले अध्यक्ष लगाएत सिंङ्गो टिमले विद्यालयलाई जती धेरै समय दियो उती राम्रो बन्ने भएकाले सक्दो समय विद्यालयलाई दिनका लागि आग्रह पनि गर्नु भएको थियो ।
नवगठीत बिद्यालय ब्यवस्थापन समितिका सदस्य बलराम भण्डारीले दिब्य ज्योती मा.बि.चिसापानीको ऐतिहासिक गहना रहेको बताउदै विद्यालयको पहिलो एस.एल.सी दिने ब्याजको आफु बिद्यार्थी समेत रहेको स्मरण गराउनु भएको थियो ।

 

त्यसैगरी गत असोज १० गते भएको अभिभावक भेलाले नै सर्बसहमतिबाट गठन गरेको रेल बहादुर बुढाको अध्यक्षतामा रहेको नौ सदस्य शिक्षक अभिभावक संघले पनि बिद्यालय ब्यवस्थापन समितिसगैं पदस्थापन गरी जिम्मेवारी लिएको छ ।
जस्को सदस्यहरुमा ज्ञान बहादुर वि.क.,बालाकृष्ण न्यौपाने,मनिषा अधिकारी,दिनु सुनार,मुना अर्याल( भण्डारी),शुसिला ढेगा,कौशिला कुमारी न्यौपाने र सविता न्यौपाने रहनु भएको छ ।