kalika

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन सम्वन्धी पुनर्ताजगी तालिम सम्पन्न

368

कृष्ण ढकाल
बर्दघाट,असोज–२१
बर्दघाट नगरपालिकाको आयोजना र वेस नेपालको सहयोगमा शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन सम्वन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको अध्यक्षतामा भएको उक्त तालीममा वेस नेपालका शालिकराम पोख्रेल र निरज भट्टराईले सहजीकरणमा गर्नु भएको थियो ।

बर्दघाट नगरका स्वास्थ्य कर्मीहरुको लागि लक्षीत गरेर आयोजना गरीएको उक्त तालीममा शीघ्र कुपोषणको एकीकृत ब्यवस्थापन कसरी गर्न सकिन्छ ? ,समुदायमा कुपोषणको अवस्था कस्तो छ ? स्थानिय बजारमा पाईने सस्तो र पौष्टीक खानाहरु कुन–कुन हुन ? स्वास्थ्य कर्मीहरुले शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापनमा कस्तो भुमिका खेल्नु पर्छ ? कुपोषणका विरामी स्वास्थ्य संस्थामा आएमा रोग निवारण र उपचारका लागि आवश्यक खोप र उपचारको उपलब्धता सुनिश्चित हुनसक्छ या सक्दैन आदिवारेमा छलफल गरीएको थियो ।