Holi care school

नेपाल निवृत्त शिक्षक समाज नवलपरासीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

200

कृष्ण ढकाल
बर्दघाट,असोज–२१
बषौं सम्म शिक्षाको क्षेत्रमा अनुभव लिएका सेवा निवृत्त शिक्षकहरुसंग बर्दघाट नगरपालिकाले सहकार्य गरेर नगरको शिक्षा सुधार्न तत्पर रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
नेपाल निवृत्त शिक्षक समाजले विजया दशमी,शुभदिपावली तथा छठ् पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
अहिले बर्दघाट नगरले शिक्षिका सुत्केरी विदामा बसेको अवस्थामा उक्त अवधि सम्मका लागि नयाँ शिक्षक नियुक्ति गरी सट्टा भर्ना गर्ने निति समेत रहेकाले सेवा निवृत्त शिक्षकहरुसंग बर्दघाट नगरपालिकाले सहकार्य गर्न सक्ने बाटाहरु खुल्ला रहेको बताउनु भएको थियो ।
नेपाल निवृत्त शिक्षक समाज नवलपरासीका जिल्ला अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पान्थी,समाजका केन्द्रिय सदस्य टेक बहादुर आ.सी ,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगाएतको सहभागिता रहेको थियो ।
नेपाल निवृत्त शिक्षक समाजका जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रम सचिव तिलक प्रसाद पौडेलले गर्नु भएको थियो ।