Holi asnjal makar GURU

ग्रामीण बाल्मिकी सहकारीको ३१ औं वार्षिक साधारणसभाको एकाइगत सभा सम्पन्न

399

कृष्ण ढकाल
बर्दघाट,असोज–२१
ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था बर्दघाट–७ जिमिरेभारको ३१ औं वार्षिक साधारणसभाको एकाइगत सभा  सम्पन्न भएको छ । ५ वटा सेवा केन्द्र सहित बर्दघाट– ७ जिमिरेभारमा मुख्य कार्यालय रहेको उक्त सहकारीले असोज १४ गते सोमवार देखि एकाइगत सभा शुरुगरी असोज २१ गते केन्द्रिय कार्यालय जिमिरेभारमा छैठौं एकाइगत सभा सम्पन्न गरेको थियो ।

केन्द्रिय कार्यालय जिमिरेभारमा भएको सभा संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले अहिले २३ वटा सहकारीहरुले बर्दघाट नगर क्षेत्रलाई कार्यक्षेत्र बनाएर काम गरीरहेको बताउनु भएको थियो ।
नगरलाई कार्यक्षेत्र बनाएका सहकारीहरुको नियमन नगरले गरेको र बांकी प्रदेश र केन्द्र नियमन गर्ने भएपनि ग्रामिण बाल्मिकी सहकारी बर्दघाट नगरको एउटा उदाहरणीय संस्था रहेको भन्दै खुलेर प्रशंसा गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले नगरको नाम समेत चिनाउन सफल भएको संस्था भएकै कारण संस्थाको केन्द्रिय कार्यालयको भवनको नक्सा पासमा समेत आफुले सहजीकरण गरेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी संस्थाका अध्यक्ष रबिन्द्रबिक्रम हमालले सबैतिर सहकारीको रकम अपचलन गरेको समाचार आईरहदा ग्रामीण बाल्मिकी सहकारी भने निरर्थकसंग सतिसाल जस्तै उभियर पार्दशी रुपमा अघिबढेको बताउनु भएको थियो । स्थानिय स्तरमा मात्र नभै अन्तराष्ट्रिय सहकारी मापदण्डमा रहेर सहकारी सञ्चालनको अध्यास गरीरहेकाले आफुहरुले नेतृत्वगरेको संस्था सबै तरीकाले मज्बुत रहेको बताउनु भएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष मुरली कृष्ण खनालले १ अर्व २२ कारेड ८३ लाख २५ हजार ६ सय ५६ रुपैयाको आर्थिक कारोवार भएको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी संस्थाले २ करोड ४४ लाख नाफा कमाएको प्रतिवेदन रहेपनि यस संस्थाको नाफाबाट २ करोड ९ लाख ८२ हजार बचत रकमलाइ ऋणसुरक्षण कोषमा राख्नु पर्ने कारणले संस्थाका शेयर सदस्यहरुलाई यस बर्ष बोनस नबाढीने गरी संस्था अघि बढेको जानकारी गराउनु भएको थियो ।

२०५१ सालमा स्थापना भएको सहकारीमा हाल ७ हजार ७९ जना महिला र ५ हजार ३ सय ३९ जना पुरुष र संस्थागत ९  गरी कुल १२ हजार ४ सय २७ जना शेयर सदस्य रहेका छन् । बाल सदस्यको सङ्ख्या २ हजार २ सय १८ जना रहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम पुरै जिल्ला कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर  पुँजी १० करोड ३४ लाख ३९ हजार ९ सय रहेको छ । सहकारीले ९८ करोड ७८ लाख २८ हजार ९ सय १३ रुपैयाँ २६ पैसा बचत सङ्कलन गरी ८५ करोड ५९ लाख २३ हजार ४ सय ८० रुपैयाँ ५० पैसा ऋण लगानी गरेको छ । सहकारीको जगेडा कोषमा ९ करोड ३७ लाख २९ हजार ३ सय ८७ रुपैयाँ २१ पैसा रहेको र संस्थागत पुँजी ९ करोड ४० लाख ४२ हजार ६ सय ५८ रुपैयाँ १३ पैसा रहेको संस्थाको प्रतिवेदन पुस्तीकामा उल्लेख गरीएको छ ।
कार्यक्रममा सह–सचिव कृष्ण गौतमले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति विवरण तथा आब २०८१र२०८२ कम लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम ,लेखा सुपरीवेक्षण समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको लेखा सुपरीवेक्षणको प्रतिवेदन सभाले अनुमोदन गरेको छ ।

कार्यसमिति सदस्य बोधप्रसाद पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार नारायण भण्डारी,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,सल्लाहकार ,देविप्रसाद अधिकारी , वसन्त कुमार रेग्मी लाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने संस्थाले केन्द्रिय कार्यालय अन्र्तगतका शेयर सदस्यहरुलाई बिभिन्न ५ विधामा सम्मान समेत गरेको थियो ।