Holi care school

कर संकलनको लक्ष्य प्राप्तीका लागि गरीने बजार अनुगमनका कारण ब्यपारीहरु त्रशीत

167

कृष्ण ढकाल
बर्दघाट,असोज–१८
करदाता सेवा कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र बर्दघाट नगरपालिका विच शुक्रवार समन्वायात्मक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्ष्ँतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरले २०७४ सालमा नै नगरले निर्धारण गरेको कर लागु गरीएको बताउनु भएको थियो । बर्दघाट नगरले करको दायरा बढाएको तर करको दर नबढाएको बताउदै २०७९ साल पछि नगरको भूमिकरमा मात्र फेरबदल भएको जानकारी गराउनु भएको थियो । भूमिमा आवाशिय र कृषि गरी भू–वर्र्गी करणका आधारमा करको दर फेरबदल भएको उहाँको धारणा रहेको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरपालिकाले गत आ.ब.मा ७ करोड बढी राजश्व संकलन गर्न सफल भएको बताउदै सकेसम्म नगरको सञ्चालन खर्च आफ्नै आम्दानीबाट पुर्याउन सक्ने गरी अघिढेको बताउनु भएको थियो । उहाँले आफ्नो कार्यकालमा करको दर नबढाई करको दायरा बढाउने कार्यमा निरन्तर लागिरहेको र केहि सफलता प्राप्त गरेको समेत बताउनु भएको थियो ।

बर्दघाट नगरका वडाअध्यक्ष,वडा सचिव,शाखा प्रमुखहरु,बर्दघाट उद्योग वाणीज्य संघ,बजार विकास समिति लगाएतका संघ संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उद्योग बाणीज्य सम्वन्धि कानुनि नितिगत प्रावधान,वाणीज्य दर्ता प्रक्रिया र छुट लगाएतका वारेमा घरेलु तथा साना उद्योग कार्यालय ,परासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले सहजीकरण गर्नु भएको थियो भने करका वारेमा करदाता सेवा कार्यालय,परासीका कार्यालय प्रमुख पर्शुराम पोखरेलले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जिल्ला प्रशासन कार्यालयबाट आउने अनुगमनको टोलिले निश्चित ब्यापारीलाई लक्षीत गरेर अनुगमन गर्ने र कावार्हि गर्ने परिपाटिका कारण ब्यापारीहरुले तर्सीय सटर बन्द गर्नु पर्ने बाध्यता सृजना भएको बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट उद्योग वाणीज्य संघकै वरिष्ठ उपाध्यक्ष तारा गौतमले ब्यापारीहरु तीन वटा सरकारलाई कर दिदैमा हैरान भएको बताउदै सबै भन्दा पहिले सबैमिलेर अबैध रुपमा क्यारिङ्ग गरेर सामान ल्याउनेहरुको अनुगमन गर्न जरुरी रहेको बताउनु भएको थियो । स्थानिय सरकारले अबैध रुपमा क्यारिङ्ग गरेर सामान ल्याउनेहरुलाई रोक्न सकेमा नगरका ब्यपारीहरुलाई केहि राहत हुने र नगरमा उद्योगी ब्यपारीहरु स्वतह सुचीकृत हुन आउने उहाँको तर्क रहेको थियो ।
अर्का बर्दघाट बजार विकास समितिका अध्यक्ष गोबिन्द पाध्यायले नगरका कुनैपनि पसलहरुमा अनुगमन गर्दा स्थानिय सरकारका ब्यीक्त,बर्दघाट उद्योग वाणीज्य संघ र बजार विकास समिति,उपभाक्तो हित संरक्षण मञ्च,नागरीक समाज,पत्रकार,प्रहरी लगाएतका सरोकारवालाहरुको सहभागितामा अनुगमन गर्न आग्रह गर्नु भएको थियो । अनुगमन टोलिले आफ्नो कर संकलनको लक्ष्य प्राप्तीका लागि दुई तिनवटा ब्यपारीहरुलाई लक्षीत गरी अनुगमन गर्ने र ब्यपारीहरुका कुरा नसुनि फाईन काटेर हिड्ने प्रवितिले ब्यापारी विस्थापित हुने अवस्थामा रहेको उहाँको भनाई रहेको थियो ।