kalika

वडाले गर्यो दुर्गा लामिछानेलाई सम्मान

301

कृष्ण ढकाल
बर्दघाट,असोज–१८
विपतको समयमा आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कार्यमा अहोरात्र खटिने बर्दघाट नगरपालिकाका कर्मचारी दुर्गाप्रसाद लामिछानेलाई बर्दघाट नगरपालिका वडा नं. ४ ले आज सम्मान गरेको छ ।

बर्दघाट नगरपालिकाको सवारी चालक एवं आगलागि तथा सर्प उद्दार जस्ता जोखिमयुक्त कार्यमा महत्वपूर्ण योग्दान पुर्याएको र कोरोना कहरका वेला समेत विपत ब्यवस्थापनमा उल्लेखनिय सहयोग गरेका कारण लामिछानेलाई वडाले सम्मान गरेको वडाध्यक्ष वेदविना तिवारीले बताउनु भएको छ ।

वडामा रहेका २३ वटा टोलविकास समितिका पदाधिकारीहरु,जनप्रतिनिधि र कर्मचारीहरु विच आयोजित विजया दशमी,शुभदिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा दुर्गाप्रसाद लामिछानेलाई सम्मान गरीएको थियो ।