त्रिवेणी स्थित गण्डक ब्यारेजका ३६ ओटै ढोका खोलिए,पारीसुस्ता जलमग्न
पारीसुस्ताको थारुटोलामा नारायणी नदीको पानी पेसेर जलमग्न
कृष्ण ढकाल
बर्दघाट,असोज–१२
लगातार आएको पानीका कारण पुर्वी नवलपरासीको त्रिवेणी स्थित गण्डक ब्यारेजका ३६ ओटै ढोका खोलिएका छन् । आज नारायणी नदीमा ४ लाख २० हजार क्यूसेक पानीको सतह भएपछि खतराको तह पार गरेकाले गण्डक ब्यारेजका सबैढोका खोलिएको नेपाल गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तीलकराम बुढाथोकीले जानकारी गराउनु भएको छ । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ।
यता पानीको सतह बढ्न थालेपछि नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। बाँधको कारण पूर्वी र पश्चिम नवलपरासीका ३० बढी गाउँ जोखिममा पर्छन्। दुई दिनसम्म परेको निरन्तरको पानीले जिल्लामा अहिलेसम्म कुनै क्षति नपुगेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनु भएको छ । सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्र.जि.अ. श्रेष्ठले बताउनु भयो ।
उता
पारीसुस्ताको थारुटोलामा नारायणी नदीको पानी पेसेर जलमग्न भएको सूस्ताका स्थानिय मुन्सीकुमारले जानकारी गराउनु भएको छ ।