Holi care school

सुनवल नगरपालिका शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गर्ने हप बन्दै

368

कृष्ण ढकाल
बर्दघाट,असोज ९
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका शैक्षिक क्षेत्रको अध्ययन अवलोकनको मुकाम बन्दै गएको छ । मंगलबार सुनवल नगरपालिकाको शैक्ष्ँिक अवस्था र ब्यवस्थाका वारेमा बुझन प्युठानको स्थानीय सरकार सहित सामुदायिक बिद्यालयका सरोकारवालाहरु टोली पश्चिम नवलपरासीको सुनवल नगरपालिका आएका थियो ।
प्यूठान नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर योगीको नेतृत्वमा आएको टोलीले सुनवल नगरका सामुदायिक र संस्थागत विद्यालयहरुको शिक्षाको गुणस्तर र भौतिक तथा आर्थिक अवस्थाका वारेमा जानकारी लिएको थियो ।
प्युठानबाट ३२ सामुदायिक बिद्यालयका प्र।अ। सहित स्थानीय सरकारका नगरप्रवक्ता ,शिक्षा शाखाका कर्मचारी सहितको टोलीलाई सुनवल नगरमा स्वागत गर्दै नगर प्रमुख बिमला अर्यालले सुनवलको शिक्ष्ाँको अवस्था र ब्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । नगर प्रमुख अर्यालले आफुले सुनवलको नेतृत्व लिएसंगै उमेरपुगेका महिलाहरुका लागि समता महिला विद्यालय , नैतिक शिक्षा र संस्कारका लागि गुरुकुल शिक्षा र मदरशा विद्यालयको थालनी गरेर नगरको शिक्षाक्षेत्रमा नयाँ आयम थपेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी सोहि क्रममा सुनवल नगरका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु गोतामेले सुनवलका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर संस्थागत विद्यालयको भन्दा कम नभएको जानकारी गराउनु भएको थियो।

सोहि क्रममा बोल्दै प्युठान नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद योगीले शिक्षा क्षेत्रमा सुनवल नगरले उत्कृष्ट काम गरेको र नमुना योग्य स्थानीय तह भएकाले नै आफुहरुले आफ्नो शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गर्न मुकामका रुपमा रोजेको बताउनु भएको थियो । उहाँले अवलोकन भ्रमणले शैक्षिक सुधारमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू आशाबादी रहेको धारणा राख्नु भयो । भ्रमण टोलिले सामुदायिक विद्यालयमा जगन्नाथ मावि, धान्यांचल मावि, नवदुर्गा र ज्योति माविको अबलोक समेत गरेको थियो ।