sunwal

गाइगोरुको तस्करी गर्ने ट्रान्जीट पोइन्ट बन्दै बर्दघाट

356

कृष्ण ढकाल
बर्दघाट,असोज–९

गाइगोरुको तस्करी गर्नेहरुका लागि पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट ट्रान्जीट पोइन्ट भएको छ । नेपालको पश्चिम क्षेत्रबाट नवलपरासीहुदै चितवन,बारा पर्षा लगाएतका जिल्लाहरुमा ब्यवसायिक पशुपालनका लागि गाई गोरु लैजाने बहानामा तस्करी हुदै आएको पाईएको छ ।

मंगलवार राती १२ ः ३० मा बर्दघाट–१०,को अमरदिपटोलमा वस्तीको गस्तीमा रहेका युवाहरुको टोलिले लु १ च ९४५१ नं. को सेतो बलेरोमा त्रिपालले ढाकेर गाइगोरुको तस्करी भैरहदा समातेर प्रहरीलाई बुझाउन सफल भएका छन ।
बाईकमा २ जनाले स्कटीङ्ग गर्दै बर्दघाट–१० अमरदिप टोलहुदै संसारकोट तिर लैजादै गर्दा बाईकमा सवार ब्यक्तिहरु भाग्न सफल भएपनि बलेरो गाडी र गाडीचालक समातेर कार्वाही प्रक्रियामा अघि बढाइएको प्रहरी निरीक्षक बानियाले जानकारी गराउनु भएको छ । गाडी चालक पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाका रहेको प्रहरी जनाएको छ ।

बुटवलका भेटेरिनरीयन केशव लम्साल (१४४९)ले असोज ८ गतेको मितिमा प्रमाणीत गरेको भेटेरिनरी प्रमाण पत्र लिएर ३ वटा गाई र ३ वटा गोरु ढुवानी गरेको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाले बताउनु भएको छ । रुपन्देहीको भलवारी–१३, समिर कृषि फर्मबाट भरतपुर– १६,का धनश्यामले कृषि प्रयोजनका लागि लैजान लागेको भन्ने भेटेरिनरी प्रमाण पत्र बनाइएको छ ।

पशु क्वारेन्टाइन कार्यालय ,महेशपुरका डा. मनोज अधिकारी ,बर्दघाट नगरपालिका पशु पंक्ष्ँी शाखा अधिकृत भरत लम्साल ,बर्दघाट १० का जनप्रतिनिधि,दाउन्ने मन्दिर ब्यवस्थापन समितिका सदस्य रेखा शाहीको रोहभरमा भएको छलफल पछि समातिएका गाइगोरुहरु दाउन्ने मन्दिर ब्यवस्थापन समितिले सञ्चालन गरेको दाउन्ने गौशालाको जिम्मा लगाइएको र गाडी र ड्राइभरलाई भन्सार कार्यालय महेशपुर चलानगरीएको प्रहरी निरीक्षक बानियाले बताउनु भएको छ ।