Holi asnjal makar GURU

हाम्रो सुपर साकोसमा पूर्व नेतृत्व अभिमुखीकरण कार्यक्रम सम्पन्न

212

आरती राना
बर्दघाट,असोज–५
हाम्रो सुपर साकोस बर्दघाट–२,चिसापानीले पूर्व नेतृत्व अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष खेमराज सुबेदीको अध्यक्षतामा भएको एक दिवसीय कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सेनाले सहजीकरण गर्नु भएको थियो ।
सहकारी संस्थामा नेतृत्व गर्न चाहने शेयर सदस्यहरुलाई लक्षीत गरेर आयोजना गरीएको उक्त पूर्व नेतृत्व अभिमुखीकरण कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षक समिति , सल्लाहकारहरु र विभिन्न उपसमितिका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
८६ जना सदस्यहरूको उपस्थिती रहेको उक्त अभिमुखीकरण कार्यक्रममा सहकारीको नेतृत्व गर्नेको भूमिका, कर्तव्य र जिम्मेवारीका विषयमा जानकारी गराइएको थियो ।