Sarawal sit lahar Notis

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको सेक्रेटरीमा पाण्डेय निर्वाचित

112

बर्दघाट,अशोज–२
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । बर्दघाट–४,मा भएको एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी गारउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा (बहुमत) र नेकपा (मशाल) बीच एकता भएपछिको जिल्ला सम्मेलन उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल र केन्द्रीय सदस्य क्षेत्रबहादुर थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका सचिवालय सदस्यद्वय श्याम बहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिं खत्रीको समेत उपस्थिती रहेको थियो ।
पार्टीको बिधान अनुसार १५ सदस्स निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेको रहेको ईन्चाज थापाले जानकारी गराउनु भएको छ । बाँकी ७ जना बैकल्पिक जिल्ला समिति सदस्य सहित २८ सदस्सीय जिल्ला समिति हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै निर्वाचित पुर्ण सदस्यको एक तिहाई ७ जनाको सचिवालय र ७ जनाको सल्लाहकार समिति आगामि समितिको बैठकबाट निर्णय गर्ने निर्वाचीत समितिका जिल्ला संयोजक पाण्डेले बताउनु भयो ।
आजबाट शुरु भएको उक्त जिल्ला सम्मेलन समसामायिक प्रस्ताव पारित गर्दै ३ गते अर्थात भोली मात्र समापन हुने बताईएको छ ।