Sarawal sit lahar Notis

संविधान दिवसको अवसरमा बर्दघाट नगरद्धारा फलफुल तथा खाधँन्न वितरण

136

बर्दघाट, अशोज –२
संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले फलफुल तथा खाधँन्न वितरण गरेर दिवस मनाएको छ । सामाजीक उत्तरदायीत्व अन्तर्गत चिसापानी अस्पताल र सामुदायीक अस्पताल चौपत्तामा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।दिवस मनाउने क्रममा सहयात्री नेपालमा रहेका अपाङ्ग बलाबालिकाहरुलाई खाधान्न वितरण र बर्दघाट ४ मा रहेको अटीजम केन्द्रमा रहेका बालबालीकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेर आज नै दिवस मनाउने र भोलि जिल्लामा दिवस मनाउने कार्यक्रम तयगरीएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

सो अवसरमा बर्दघाट नगरपालिका प्रवत्ता सन्त बहादु गाहा , सामाजीक बिकास समिति संयोजक भिम काजी गुरुगं , नेपाली कांग्रेसका नगर सभापति दामोदर जिशि , बर्दघाट नगरपालिका बडा न १ का वडा अध्यक्ष सन्दीप साकोटा , वडा नं. १३ का वडाध्यक्ष नरबहादुर चौभरी, कार्यपालिका सदस्य प्रेम भुजेल,बुद्धिराम वि.क.,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल लागतयको उपस्थिती रहेको थियो ।