कृष्ण ढकाल
बर्दघाट,साउन–३१
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले आ.ब.२०८०/०८१को स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा कार्यक्रम शुरु गरेको छ ।
आज देखि शुरु भएको समिक्षा कार्यक्रममा नगरका १७ वटै स्वास्थ्य संस्थाहरुले वार्षिक रुपमा प्रदान गरेका सेवा,सुविधाहरुको प्रगति र सेवा प्रदान गर्दा आईपरेका समस्या,चुनौती र समाधानका उपाएहरुका वारेमा सरोकारवालाहरु विच प्रस्तुतीकरण सहित छलफल तथा समिक्षा भैरहेको छ ।
साउन ३१ र ३२ गते गरी दुईदिन सम्म सञ्चालनहुने उक्त बार्षिक समीक्षा कार्यक्रममा बर्दघाट नगरमा स्वास्थ्यको क्षेत्रमा कामगर्ने ५ वटा सहयोगी संस्थाका ब्यक्तिहरु सहितको सहभागिता रहेको छ । बर्दघाट नगरमा अहिले वेस नेपाल,सहभागी,मेरीस्टोस,इन्द्रेणी र ग्रिनतारा नेपालले काम गरीरहेका छन ।
नगरका १७ वटा स्वास्थ्य सस्थाहरुमा रहेर ९२ जना स्वास्थ्यकर्मिहरुले काम गरीरहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।
बर्दघाट नगरको सभाहलमा सञ्चालन भैरहेको समिक्षा कार्यक्रममा गराइएको जानकारी अनुसार चिसापानी अस्पतालले गएको एक बर्षमा ३१ हजार २ सय ५४ जना सेवाग्रहीहरुलाई अस्पतालले सेवा दिएको अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरीएको थियो ।
सोही अवसरमा बोल्दै बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले अन्य पालिकाहरु भन्दा तुलनात्मक रुपमा बर्दघाटको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भएको थियो । उहाँले सबैको प्रयासले बर्दघाट नगरको नतिजा राम्रो आउने भएकाले नागरिकलाई सुलभ सेवा दिन कुनै पनि तरीकाले कन्जुसाई नगर्न कर्मचारीहरुलाई निर्देशन गर्नु भएको थियो ।
त्यसैगरी नगरले विधालय काउन्सेलर नर्सको अवधारणा लियको जानकारी गराउदै पहाडी क्षेत्रका जनतालाई सेवा दिन विभिन्न किसिमका स्वास्थ्य शिविरहरुको योजना तथा सन्चालन गर्न निर्देशन दिनुभएको थियो ।
स्वास्थ्यका क्षेत्रमा लुम्बिनी प्रदेश भित्रका ४ वटा नगर अस्पतालहरु मध्ये गत बर्ष बर्दघाट नगरअस्पतालले ५८ अंक ल्याएर प्रदेशमा पहिलो भएको चिसापानी अस्पताल अर्थात बर्दघाट नगर अस्पताल रहेको थियो ।