Holi asnjal makar GURU

सुनवल नगरपालिकाध्दारा अवैध नदिजन्य पदार्थ जफत

380

कल्पना खरेल
सुनवल ,साउन – ३१
सुनवल नगरपालिकाले बिहीबार सुनवल वडा नं ४ तुरिया खोला किनार स्थित चारघरे, सोमईटोला लगाएका क्षेत्रमा चोरी निकासी गरी राखिएको अवैध नदिजन्य पदार्थ (ढुङगा) जफत गरेकाे छ ।
नगरप्रमुख विमला अर्यालकाे सक्रियतामा जिल्ला समन्वय प्रमुख भगउती यादव ( रूदल ), प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ , जिल्ला प्रहरी प्रमुख , ईलाका प्रहरी प्रमुख , शसस्त्र प्रहरी, नगर प्रहरी , सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त टोलिले स्थलगत निरीक्षण गरी अवैध सामग्री जफत गरेकाे हाे ।
सुनवल नगरपालिकाकाे खोलाहरुबाट दैनिक रुपमा नदिजन्य पदार्थ चोरी निकासी भइरहेकाे व्यापक जनगुनासाे आएपछि साे चाेरी निकासी राेक्न नगरप्रमुख अर्याल हिजाेबाट फिल्डमा खटिनुभएकाे छ ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले हालसम्म ३० ट्रिप्पर ढुंगार १ हाईवा र २ ट्रिप्परलाई समेतलाई नगरपालिका कार्यालयमा राखिएको र १ महिनापछि थप कारवाहिमा लगिने जानकारी दिनुभयाे ।
उहाँले चाेरी निकासीमा संलग्न भएकाे पाए कसैलाई पनि नछाेड्ने बताउनुभएकाे छ ।
असार,साउन र भदौ गरि तिन महिना नेपालका कुनैपनि नदि खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाे छ।

सुनवल नगरपालिकाले हिजाे बुधबार नदिजन्य पदार्थ चाेरी निकासीमा संलग्न २ वटा गाडि नियन्त्रणमा लिएकाे छ । दिउँसो करिब २ बजे नगर प्रमुख विमला अर्यालकाे नेतृत्वमा कर्मचारी र नगरप्रहरी सहितकाे टाेलीले सुनवलको तुरिया खोलाबाट टुंगा लाेड गरी लैजादै गरेकाे अवस्थामा लु १ क ४५३७ नम्बरकाे हाईवा र लु २ ख ३००८ नम्बरको टिप्पर नियन्त्रणमा लिएकाे हाे ।